logo
Advertisement

शम्भु र अञ्जुको ‘एनी हौ आँखैमा झ’लझ’ली’ गीतको भिडियो सार्वजनिक (भिडियो)

११ श्रावण २०७७, आईतवार मा प्रकाशित

चर्चित गायक शम्भु राईको नयाँ गीत बजारमा आएको छ । पूर्वेली लोक गीतका बा’दशाहका रुपमा समेत चिनिने शम्भुले ‘एनी हौ आँखैमा झ’लझली’बोलको गीत ल्याएका हुन् ।

उनी संगै यस गीतमा गायिका अञ्जु गौतमले आवाज भरेकी छिन् । उनी पूर्वेली लोक गीत संगीतमा अ’ब्ब’ल मानिएकी गायिका हुन्। ‘एनी हौ आँखैमा झलझली’ गीतमा शब्द÷संगीत पनि गायक शम्भुकै रहेको छ।

गीतको भिडियोमा अनिता गोले, उमेश राई (फुलन्देको आमा), ज्योती खड्का, पारबन राई (राई बुढा), कमल सिँह लगायतलाई फिचरिङ गरिएको छ। अभी लामाको निर्देशन तथा युद्धा लामाको कोरियोग्राफी रहेको गीतको भिडियोलाई सुर्य लामाले छायाँकन तथा सम्पादन गरेका हुन्। गीतलाई श्रद्दा रेकर्डिङ स्टुडियोले प्रस्तुत गरेको हो। सम्भुका ‘चले’छ ब’ता’स सु’स्तरी’, ‘चिट्ठी तिमीलाई लेखुँ भन्थें …,’जस्ता चर्चित गीतले दर्शकको मन जितेको छ ।
हेर्नुस भिडियो :

Recent Comments

Top