logo
Advertisement

यसकारण लगाउछन् साउनमा हरियो चुरा !

८ श्रावण २०७७, बिहीबार मा प्रकाशित

साउन महिनामा हिन्दू नारिहरु सोमबारका दिन ब्रत बस्ने र महिना भरी चोखो खाने गर्दछन् । यस महिना भगवान शिवको पूजा आराधना गरी बिताइने धर्म र संस्कृतिको रहदै आएको छ ।

साउनभरी माछामासु, लसुनप्याज नखाएर, नङ, कपाल नकाटेर व्रत बस्ने चलन छ । विशेष गरी महिलाका लागि त साउन झनै रमाइलो र रोचक हुने गरेको छ । यो महिनामा लगाइने हरियो चुरा र पहिरनहरुको खासै धार्मिक महत्व नभए पनि साउनमा प्रकृति र पोशाकको तालमेल निक्कै मिलेको देखिन्छ ।

हिन्दू नारिहरु यो महिनामा हरियो चुरा, पोते र हरियो पहिरन लगाउने गरेका छन् । चुरा र लत्ता कपडाका पसलहरुमा जाने महिलाहरुको रोजाई हरियो रंग कै सामाग्री मा हुने गरेको छ ।

एकातिर हरिया चुरा, पोते र हरिया पहिरनको ब्यापार बढेको छ भने पुरुषहरुले भने साउन १ गतेदेखि माछामासु र मदिरा सेवा १ महिनाका लागि छाडेका छन् । साउन महिनामा महिलाहरुले नाडीमा हरिया चुरा, मेहन्दी लगाउने गर्छन् । धर्मशास्त्र अनुसार हरियो रंग बुध ग्हका प्रतिक हो । बुध ग्रह व्यापार र भविष्यसँग जोडिएको हुन्छ । अतः हरियो रंग लगाउदाँ बुध प्रसन्न भएर आशीष दिन्छन् । प्रकृतिलाई ईश्वरको रुप मानिन्छ र पुजा पनि गरिन्छ ।

Recent Comments

Top