logo
Advertisement

सुधांशु र उषा पौडेलको बैबाहिक जीवनको भयो अ’न्त्य

४ श्रावण २०७७, आईतवार मा प्रकाशित

पछील्लो समय नायक नायिकाको सम्बन्ध बिच्छे’दका कुरा निक्कै बाहिर आउन थालेकाछन् । यस्तैमा एक नायिकाको सम्बन्ध बिच्छे’दका कुराले निक्कै चर्चा पाएका पाएको छ । नायिका पौडेल र नायक सुधांशु जोशी वैवाहिक जीवनबाट अल’ग भएका छन् । अमेरिकामा रहँदै आएका यी दुइ करिब ६ महिनादेखि अल’ग बस्दै आएका थिए ।

अमेरिकाको भर्जिनियामा बस्दै आएका सुधांशुले नायिका उषा पौडेलसँग दोश्रो बिहे गरेका थिए । तर, बिहे भएको करिब ३ बर्षपछि यी दुइ अल’ग भएको वुझिएको छ ।

उषा र सुधांशुले बिहे दर्ता भने गरेका थिएनन् । उषाले बारम्बार बिहे दर्ताका लागि गरेको आग्रहलाई सुधांशुले नमानेपछि उनीहरुविच क’लह सुरु भएको वुझिएको छ । उषा बाल्टिमोरमा बस्न थालेपछि सुधांशु केही समय अगाडि उनीसँग कुरा गर्न वाल्टिमोर पनि पुगेका थिए । तर, उषा र सुधांशुको कुरा मि’ल्न नसकेको वुझिएको छ ।

यता, नायिका उषा पौडेलको जन्मदिनमा उनका साथीहरुले सरप्राइज दिदै मध्यरातमा नै केक काटेका छन् । उषाले सरप्राइज केक भन्दै साथीहरुलाई धन्यवाद दिएको भिडियो र फोटो सामाजिक संजालमा पोष्ट गरेकी छिन् । तर यता सुधांशुले भने उनलाई जनमदिनको शुभकामना दिएका छैनन् ।

नेपाली चलचित्र क्षेत्रमा राम्रो स्थान बनाउँदै गर्दा नायिका उषा पौडेल भारत पुगिन् । भारतमा रहँदा उनले केही लोकप्रिय सिरियलमा काम गरेकी थिइन् । यसपछि, उनी अमेरिका पुगेकी थिइन् । अमेरिकामा पुगेपछि उनी र सुधांशुविच प्रेम सम्बन्ध जोडिएको थियो । प्रेममा रहेको केही समयपछि उनीहरुले करिब ३ बर्ष अगाडि यो जोडीले अमेरिकामा नै बिहे गरेको थियो ।

Recent Comments

Top