logo
Advertisement

स्मिताको स्वरमा पल र स्वस्तिमाको ठु’म्का (भिडियो)

४ श्रावण २०७७, आईतवार मा प्रकाशित

गायिका स्मिता दाहलको नयाँ गीत सार्वजनिक भएको छ । पुष्पकमल दाहाल कि नातिनी स्मिताले ‘मायालु तिमी कता छौ’ बोलको गीत सार्वजनिक गरेकी हुन् । नायक पल शाह र नायिका स्वस्तिमा खड्काले अभिनय गरेका छन् ।

दिनेश थपलियाको शब्द रहेको यो गीतमा राजनराज सिवाकोटी र स्मिताको स्वर, राजनकै संगीत छ । यो गीतको भिडियोमा नायक पल शाह र नायिका स्वस्तिमा खड्काको साथमा बाल–कलाकारद्धय एन्जल राई र अर्विन खड्काले अभिनय गरेका छन् ।

सरोज वलीको निर्देशनमा तयार भएको भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोमा अर्जुन जीसीको सम्पादन छ ।‘मायालु तिमी’ बोलको गीत हिट भएपछि सरोज र उनको टिमले यसको दोश्रो भाग सार्वजनिक गरेको हो ।

Recent Comments

Top