logo
Advertisement

लिभर क्या’न्सरबाट पीडित अमिताभ र अभिषेकलाई लाग्यो कोरो’ना

२८ असार २०७७, आईतवार मा प्रकाशित

भारतीय सिने जगतका चर्चित अभिनेता अमिताभ वच्चनलाई कोरो’ना भाइ’रसको सं’क्रमण देखिएको छ।अमिताभ आफैँले शनिबार राति आफूलाई कोरो’ना भाइ’रसको संक्र’मण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

उनले आफू कोरोना भाइ’रस संक्र’मित भएको पुष्टि भएपछि अस्पतालमा आइसोलेसनमा बसेको जानकारी आफ्ना शुभेच्छुकहरुलाई गराएका छन्। उनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

उनले आफ्नो परिवारका अन्य सदस्य र आफूसँग काम गर्नेहरुको पनि कोरो’ना भाइ’रस परीक्षण भएको र नतिजा पर्खिरहेको जानकारी पनि गराएका छन्। उनले पछिल्लो दस दिनमा आफूसँग भेटेकाहरुलाई पनि संक्र’मणको परीक्षण गर्न आग्रह गरेका छन् । ७७ वर्षीय उनलाई कलेजोमा समस्या देखिएपछि अस्पताल भर्ना गराइएको थियो । बच्चन लिभर क्या’न्सरबाट ग्रसित छन् ।

त्यस्तै बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना पोजेटिभ देखिएको छ। उनले ट्वीटर मार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका छन्। अभिषेकका पिता अमिताभले शनिबार राति आफूलाई कोरोना भाइरस संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए।

उनले बुबा र आफूलाई सामान्य ल’क्षण देखिएको र अहिले अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन्। कोरोना पोजेटिभ भई’सकेपछि सम्बन्धित सबै प्रशासनलाई खबर गरिएको र परिवारका अन्य सदस्य तथा कर्मचारीको परिक्षण गराइएको बताएका छन्। उनले सबैलाई नआ’त्तिन आग्रह गरेका छन्।

Recent Comments

Top