logo
Advertisement

सुशान्तको अन्तिम फिल्मले राख्यो बलिउडमै नयाँ रेकर्ड

२६ असार २०७७, शुक्रबार मा प्रकाशित

बलिउड नायक सुशान्त सिंह राजपुत अभिनित अन्तिम फिल्म ‘दिल बेचरा’को ट्रेलर सोमबार सार्वजनिक भएको छ । सार्वजनिक भएको उक्त ट्रेलरले युट्युबमा नयाँ रेकर्ड राखेको छ ।

उक्त ट्रेलर झन्डै ६ करोडले हेरिसक्दा ९ मिलियन भन्दा माथि लाईक र ४५ हजार डिसलाईक आएको छ । यो कुनै पनि फिल्मको ट्रेलरले पाएको सबैभन्दा बढी लाइक हो ।

मुकेश छावराको निर्देशनमा तयार भएको यो फिल्म डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ । फक्स स्टार स्टुडियोले निर्माण गरेको फिल्ममा ए आर रहमानको संगीत छ । क्यान्सरसँग लडिरहेकी एक युवती र एक युवक बीचको प्रेम कथामा फिल्म बनेको छ । फिल्ममा सुशान्तसँगै सन्जना सान्घीले काम गरेकी छन् ।

Recent Comments

Top