logo
Advertisement

‘डान्सिङ वीथ द स्टार नेपाल’ प्रसारणको अ’न्तिम तयारीमा

२६ असार २०७७, शुक्रबार मा प्रकाशित

कोरो’ना म’हामा’रीका कारण महिनौदेखि घरमै थु’निएर बसेका दर्शकहरुले लोकप्रिय स्टारहरुको मनोरञ्जनात्मक रियालिटी सो हेर्न पाउने भएका छन् । ल’क’डा’उन अगाडी घो’षणा भई म’हामा’रीका का’रण सुटिङ सुरु हुन न’पाएको ‘डान्सिङ विथ द स्टार नेपाल’ हिमालय टेलिभिजनबाट प्रसारणको अ’न्तिम त’यारी भइ’रहेको छ ।

‘हामीले सवै तयारी पहिले नै स’कि’सकेका थियौं, ल’क’डा’उन सुरु भएपछि सुटिङ रो’क्नुपरेको थियो’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने–‘सरकारले तय गरेको गाइडलाइन फलो गर्दै हामी सुटिङको तयारीमा जुटेका छौं ।’ २६ श्रृङ’खलाको यो कार्यक्रममा १२ जना स्टार कलाकारले एक एक जना प्रोफेसनल डान्सरसँग जोडी बाँ’धेर नृत्य प्रति’स्पर्धामा भाग लिन्छन् । हरेक साता हुने भोटिङबाट एलि’मि’नेसन हुने छ ।

‘ल’क’डा’उनका बेला पनि सुटिङ गर्न सकिने गरी बीबीसीले नयाँ गा’इड’लाइन बनाएको छ’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले भने – लकडाउनकै बीचमा २७ वटा मुलुकमा डान्सिङ विथ द स्टार सुटिङ र प्रसारण भइसकेको हुँदा हामीले पनि त्यसैलाई पछ्याने निधो गरेका छौं ।’

नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका र सुरक्षाका उपायसम्बन्धी गाइडलाइनको पूर्ण परिपालना गरी अभ्यास र सुटिङ गरिने कँडेलले जानकारी दिए । ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शो को रुपमा परिचित छ ।

ल’क’डा’उनका बेला घरमै थुनिन बाध्य नेपाली दर्शकका लागि मनोरञ्जनको पूर्ण प्याकेजका रुपमा यो रियालिटी सो ल्याउन लागिएको हिमालय टेलिभिजनले जनाएको छ । अनस्क्रिन प्रतिस्पर्धासँगै हुने स्क्रिन बाहिरका गतिबिधिले दर्शकलाई नृत्यमार्फत शा’रिरिक तथा मानसिक स्वा’स्थ्य मज’बुद बनाउन सहयोग पुग्ने टेलिभिजनले बिश्वास लिएको छ ।

दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इ’लि’मिनेट हुँदै जाने छन् । बिजेताले कुल २५ लाख (करसहित) नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन ।

नेपालको अग्रणी बिजनेस ग्रुप आइएमइले कार्यक्रमको टाइटल प्रायोजन गरेको छ भने एनएमबी बैंक पावर्डबाइ स्पोन्सर रहेको छ । असोसिएट स्पोन्सरतर्फ हिरो मोटरसाइकल, एलआइसी नेपाललाइफइ’न्स्योरेन्स, अनलाईन खबर, नेपालहोम्स डटकम सहभागी भएका छन । आफ्ना मनपर्ने स्टार कन्टेस्टेन्टलाई आइएमइ पे को एप्स डाउनलोड गरी भोट गर्न सकिनेछ ।

हिमालय टेलिभिजन एचडीले ‘द भ्वाइस अफ नेपाल’ ‘द भ्वाइस अफ नेपाल किड्स’ ‘हिमालय रोडिज’ ‘नेपाल्स नेक्स्ट टप मोडल’ जस्ता बिश्वचर्चित रियालिटी सोहरु प्रसारण गर्दै आइरहेको छ । डान्सिङ वीथ द स्टार्स प्रसारण सुरु भएसँगै भ्वाइस अफ नेपाल सिजन ३ को डिजिटल अडिसनसमेत सुरु हुने कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

Recent Comments

Top