logo
Advertisement

फेरी बिवादमा दुर्गेशको गीत बिच बिचमा

२३ असार २०७७, मंगलवार मा प्रकाशित

गत बर्षको तीजमा “बिच बिचमा” बोलको तीज गीत सार्वजनिक गरेर निक्कै चर्चामा रहे । यसपाली फेरी तीज लाई लक्षित गर्दै तेस्को पार्ट २ नाम दिदै अर्को गीत नि सार्वजनिक गरिसकेका छन् ।

सो गीत आफ्नै युट्युब च्यानलबाट ‘लोक पपशैली’मा ‘एउटा फोटो खिच’ गीत उनले सार्वजनिक गरेका छन् । तर उनको पछिल्लो गीत पनि विवादमुक्त हुन सकेन ।

बिच्च बिच्चमा-२’ नामबाट बजारमा सार्वजनिक गरिएको गीतलाई चोरीको आरोप लागेको छ । लोक कवि अली मियाँको गीतको अन्तरा हुबहु चोरी गरेको आरोप अली मिया लोक वाङ्मय प्रतिष्ठानले लगाएको छ ।

गायक थापामाथि ‘आकासमै बादलु डम्मै छ’ अन्तरा हुबहु चोरी गरेको आरोप छ । उनले गीतको तेस्रो अन्तरामा उक्त शब्द प्रयोग गरेका छन् । ४० को दशकमा सार्वजनिक उक्त गीतमा गायिका हरिदेवी कोइराला र प्रेमराजा महतले स्वर दिएका छन् ।

Recent Comments

Top