logo
Advertisement

उपत्यकाको ढलमा कोभिड १९ को भाइरस फेला पर्‍यो

२० असार २०७७, शनिबार मा प्रकाशित

उपत्यकाको ढलमा कोभिड १९ को भाइरस फेला परेको छ । उपत्यका भित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस फेला परेको एक अध्ध्यानले देखाएको छ

सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अध्ययनको लागि काठमाडौं उपत्यकाको मुख्य शहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो ।

चार ठाँउको ढल ल्याएर परिक्षाण गर्दा जसमध्य दुई ठाँउको ढलमा भने कोभिड १९ को भाइरस फेला परेको हो । उक्त अध्ययनले समुदायमा संक्रमण फैलिइसकेको र परीक्षणको दायरा नपुगेको देखाउने अध्ययनका लिड साइन्टिस्ट डाक्टर दिवेस कर्माचार्य बताउँछन् । उनको अनुसार यो अध्ययनलाई आधार मानेर ढलमा संक्रमण देखिएको क्षेत्रको मानिसमध्येबाट जोखिम समूह छ्ट्याएर परीक्षण गर्न सकिन्छ । त्यो गर्दा उपत्यकाका सबै ठाउँका सबै मानिसको परीक्षण गर्न जरुरी हुँदैन ।

प्रारम्भिक अनुसन्धानमा नै यस्तो तथ्य फेला परेपछि नतिजा सार्वजनिक गरिएको उनले बताए । ‘हामी अझै धेरै ठाउँको ढलको नमुना परीक्षण गरेर विस्तृत अध्ययन गर्छौं,’ डक्टरले भने ।

उनका अनुसार तीन वटा महत्वपूर्ण सन्देश दिएको जनस्वास्थ्य वैज्ञानिक दीक्षित बताँछन्।
पहिलो– समुदायमा संक्रमण छ/छैन भन्ने अलमलको अन्त्य । दोस्रो– यति धेरै केसहरु हुँदा पनि अधिकांश संक्रमितलाई लक्षण नभएको सकरात्मक पाटो ।तेस्रो– सतर्कता अपनाउनको लागि विश्वसनीय संकेत ।

Recent Comments

Top