logo
Advertisement

सुन्तलीको जन्मदिनमा धुर्मुसले दिए मन छुने गरी शुभकामना !

१६ असार २०७७, मंगलवार मा प्रकाशित

हास्यकलाकार तथा सामाजिक अभियन्ता कुन्जना घिमिरे (सुन्तली) को आज जन्मदिन परेको छ । ललितपुरमा जन्मेकी सुन्तलीले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछिन् ।

जन्मदिनको अवसरमा उनलाई बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ । हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा ‘सुन्तली’ को रोल गरेपछि चर्चामा आएकी उनी ‘सुन्तली’ नाम बाट नै परिचित छिन् । आज जन्मदिनको अवसरमा उनका श्रीमान् तथा हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) ले सामाजिक सञ्जालमा शुभकामना दिएका छन् ।

उनले जन्मदिनको शुभकामना दिदै लेखेका छन् – प्रिय कुन्जना !जन्मदिनको हार्दिक शुभकामना !!मेरो जीवनमा तिम्रो आगमनले सदैव खुसी ल्याएको छ ।तिमी मेरो लागि माया, छहारी र आँट हौ । तिमीले मेरो जीवनमा इँटा हैन विश्वासको पर्खाल लगायौ ।

दु:ख छेक्ने छानो छायौ । ममताको चौतारी बनायौ र परिवारको जग बसायौ ।तिम्रै मार्गदर्शनले हामीले लाखौँ आफन्त कमायौँ ।तिम्रा जीवनका आगामी दिनहरू अझ सुखद् बनुन् । तिमीबाट प्राप्त प्रेमको यो नदी अनवरत बगिरहोस् । फेरि पनि शुभकामना !

हाम्रोपनी कुन्जना घिमिरे (सुन्तली) लाई अन्मदिनको धेरै धेरै शुभकामना !

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x