logo
Advertisement

सुनिल र वीना बने मायालु जोडी (भिडियो)

१३ असार २०७७, शनिबार मा प्रकाशित

गायक भुपु पाण्डे र गायिका प्रविशा अधिकारीको स्वरमा गीत सार्वजनिक भएको छ । भुपु र प्रबिशाको ‘मायालु’ बोलको गीत सार्वजनिक भएको हो । उक्त गीत युट्युबबाट म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो ।

आफ्ना हरेक गीतहरूमा नयाँ प्रयोग गर्दै आएका गायक पाण्डेले आँफै यस गीतमा संगित भरेका हुन् भने शव्द राजेश अर्यालका छन् । म्युजिक भिडियोको निर्देशन मोडल समेत रहेका सुनिल क्षेत्रीले गरेका छन् । सुनिल क्षेत्री र वीना राउत म्युजिक भिडियोमा छन् । अमृत चापागाइँको सम्पादन, नवराज उप्रेतीको छायांकनमा निर्माण भएको ‘मायालु’लाई ‘द पीक’मा रेकर्ड गरिएको थियो ।

Recent Comments

Top