logo
Advertisement

कपाल झरेर हैरान हुनुहुन्छ ? कपाल झर्न रोक्ने र लामाे बनाउन अपनाउनुस् यस्ता घरेलु उपाय

११ असार २०७७, बिहीबार मा प्रकाशित

मानिसको सौन्दर्य भनेकै कपाल हो । यदी कपाल राम्रो भएन भने पनि मान्छे जतिनै राम्रो भएतापनी सौन्दर्यमा निखारता आउँदैन । तेही भएर मान्छेहरु अनेकौ स्याम्पु र अनेकौ ब्युटिपार्लर गएर कैयौ पैसा खर्च गर्छन् कपाल राम्रो बनाउनका लागि । यदी तपाईपनी यस्तै सोचमा त हुनुहुन्न ? कपाल झरेर हैरान त हुनुहुन्न ? हैरान हुनुहुन्छ भने यस्तो गर्नुस् । यसले तपाईको कपाल र्झनबाट रोक्न ठूलो मद्दत पूराउनेछ ।

– योगा गर्नुहोस् विश्वास गर्नुस्- नगर्नुस् कपाल झर्नुको एक मुख्य कारण भनेको तनाव हो । जब मान्छे तनावमा हुन्छ तब उसको कपाल झर्ने समस्या बढ्छ । नियमित योगाले तनावलाई कम गर्ने तथा सरीरमा हर्मोनको मात्रा सन्तुलित गर्ने भएकाले कपाल र्झन कम हुन्छ ।

-तातो तेलले मालिस गर्ने – तोरी, सरस्यूँ अथवा नरिवलको तेललाई हल्का तताउनुहोस् । ठिक्क तातेको तेलले कपालको जरा जरा सम्म पुग्ने गरी मज्जाले मसाज गर्नुहोस्। झण्डै एक घण्टा त्यत्तिकै राख्नुहोस् अनि त्यसपछि स्याम्पुले कपाल धुनुहोस् । राति सुत्ने बेलामा कपालमा तेल घसेर भोलि पल्ट बिहान कपाल पखाल्दा पनि हुन्छ ।

– टाउकोमा दिनहुँ हल्का रुपमा मसाज गर्दा कपालका जरामा रक्त संचार राम्रोसँग हुन मद्दत गर्छ । कपालका जरामा राम्रोसँग रक्तसंचार हुनु भनेको कपाल र्झनबाट रोकिनु हो । खालि हात वा हल्का तेल लगाएर पनि मसाज गर्न सकिन्छ । यस्तो मसाज दिनहुँ गर्नु राम्रो हुन्छ ।

– ग्रिन टी पानीमा पकाउनुहोस् अनि मनतातो भएपछि त्यो टाउकोमा खन्याउनुहोस् । एक घण्टासम्म राख्नुहोस् अनि कपाल पखाल्नुहोस् । ग्रिन टी मा एन्टी अक्सिडेन्ट तत्व हुने भएकाले त्यसले कपाल र्झनबाट रोक्ने तथा कपाल बढ्न समेत सहयोग पूराउँछ ।

– लसुन वा अदुवाको रस – बेलुका सुत्ने बेलामा कपालमा लसुन, प्याज वा अदुवाको रस लगाएर मज्जाले मालिस गर्नुहोस् । रातभर त्यत्तिकै छाड्नुहोस् । अर्को विहान कपाल धुनुहोस् ।

Recent Comments

Top