logo
Advertisement

अस्ट्रेलियामा ठ’गिको आरोपमा २ नेपाली जेल चलान

१० असार २०७७, बुधबार मा प्रकाशित

नेपाली भन्ने बित्तिकै बिदेशमा इमा’न्दार र बहादु’र भनेर चिनिने गर्छ । तर हाल एक समचारले धेरैलाई च’कित बनाएको छ । उक्त घ’टना हो अस्ट्रेलियाको । अस्ट्रेलियामा ठ’गी आरोपमा प’क्राउ परेका दुई जना नेपालीलाई जे’ल पठाइएको छ ।

पश्चिमी सिड्नीकी एक वृ’द्ध महिलासँग हजारौं डलर ठ’गी गरेको आरोपमा उनीहरुलाई सिड्नीस्थित एक अदाल’तले जे’ल चलान गरेको हो । प्रहरीले २२ वर्षकी नेहा गिरी र १९ वर्षका आयुष भट्टराईलाई स्थानीय समयअनुसार सोमबार अपरान्ह साढे ४ बजे टेलोपियामा एक घरबाहिरबाट प’क्रा’उ गरेको थियो ।

अस्ट्रेलियाको समाचार वेबसाइट नाइनन्यूजका अनुसार यी दुईलाई बेइ’मानी र धो’खाध’डीबाट सम्पत्ति आर्जन गरेको ५ वटा आ’रोप र जानीजानी आ’परा’धिक क्रियाकलापमा सं’लग्न भएको ३ वटा आ’रोप लागेको छ । उनीहरुले ८५ वर्षकी एक महिलालाई झु’क्याएर हजारौं डलर ठ’गी गरेको आ’रोप छ ।

समाचारमा जनाइए अनुसार पीडित ८५ वर्षकी महिलालाई एउटा फोन कल आएको थियो । फोन गर्नेले आफू उनको बैंकबाट बोलेको भन्दै उनको बैंक खाता रो’क्का भएकोले उनले अर्को खाता खोल्नुपर्ने बताएका थिए । फोन गर्नेले महिलालाई एक कु’रियरलाई ३ हजार डलर दिन भनेका थिए । कुरियरका कर्मचारी महिलाको घरमै आउने र त्यो रकम उनको खातामा जम्मा गरिने बताइएको थियो ।

महिलाले कुरियल वालालाई ३ हजार डलर दिइन् र यसबारे पु’लिसलाई पनि जानकारी दिइन् । पछि महिलालाई फेरि अर्को फोन कल आयो । फोन गर्नेले उनलाई अझै ५ हजार डलर दिनुपर्ने बताए । पु’लिसले नेपाली जोडीलाई सोमबार ती महिलाको घरमा पैसा लिन आएको बेला प’क्राउ गरेको जनाइएको छ । अदाल’तले उनीहरुलाई जे’ल पठाएको छ । अब उनीहरुलाई अगष्ट २० मा फेरि अदाल’तमा उपस्थित गराइनेछ ।

Recent Comments

Top