logo
Advertisement

सर्वसाधारणसंगै हिमानी र छोरा फर्किए थाइल्याण्डबाट, बसिन् क्वारेन्टिनमा हिमानीपनी

९ असार २०७७, मंगलवार मा प्रकाशित

राजा हटेको नेपालमा धेरै बर्ष भैइसक्यो । तर अझै पनि पूर्वराजपरिवार प्रती जन चासो उत्तिकै छ । केही समय अघी पूर्वयूवराज्ञी हिमानी शाह र उनकी छोरीहरुले बनाएको टिकाटक निक्कै भाईरल भएको थियो । उनिहरु यो लकडाउनमा थाइल्याण्डमा थिए । उनी तीन महिना थाइल्यान्ड बसेर आज स्वदेश फर्केकी छन् । बैंककमा अध्ययनरत छोराछोरीहरु भेट्न गएकी उनी ल’कडा’उनका का’रण उतै अ’ड्केकी थिइन् ।

मंगलबार नेपाल एयरलाइन्सको विमानले थाइल्यान्डमा रहेका नेपालीहरुलाई स्वदेश फर्काएको थियो । सोही बिमानबाट हिमानी र उनका छोरा हृदयन्द्र पनि फर्केका हुन् । त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले पनि हिमानी फर्किएको पुष्टि गरे । तर हिमानिकि दुई छोरी पूर्णिका र कृतिका भने उतै रहेका छन् । उनिहरुको पढाई सुरु भईसकेका कारण उनिहरु नेपाल नआएको बुझिएको छ ।

दिउसो ३ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएपछि हिमानी र हृदयन्द्र होटल क्वा’रेन्टिनमा बसेका छन् । नेपाली सेनाले उनीहरुको क्वा’रेन्टिन व्यवस्थापन गरेको महाप्रबन्धक केसीले जानकारी दिए ।

Recent Comments

Top