logo
Advertisement

लामो रेशको लागि अनमोलको यस्तो तयारी, नातावादको कुरामा अनमोलको यस्तो धारणा

९ असार २०७७, मंगलवार मा प्रकाशित

बलिउडमा सुशान्तको देहान्तको खबर पछी बलिउड नाताबाद र समुहावादको कुरा लिएर निक्कै गर्मिएको छ । यस्तैमा यो कुराले नेपालीसिनेमापनी अछुतो रहन सकेन । यस्तैमा नेपालीसिनेमामा नायक अनमोल केसी, नायिका सुहाना थापा, नायक सलोन बस्नेत, नायिका केकी अधिकारी, नायिका निरीषा बस्नेतलगायत चलचित्रकर्मीका सन्तानको रुपमा यो क्षेत्रमा प्रवेश गरेका हुन् । यीमध्ये कतिपय कलाकारले सफलता हासिल गरिरहेका छन् भने कतिपयको अवस्था सुखद् छैन ।

नायक अनमोल केसिले ७ वटा फिल्म गरिसकेका छन् बह्ने उनी अहिले आठ औ फिल्मको सुटिङमा छन् । उनी अनेक कोणबाट बेला बेलामा बिबादमा आईरहन्छन् । अनमोल फिल्म क्षेत्र परिवार भएको भन्दै सबै मिलेर काम गर्नुपर्ने बताउँछन् । उनी यो क्षेत्रले नयाँ प्रतिभालाई सधैं स्वागत गरेको पनि बताउँछन् ।

उनै अनमोल लामो दौडका लागि तयारी नै मुख्य साँचो भएको उल्लेख गरेका छन् । उनको अभिनयलाई लिएर धेरैले समिक्षा गरेतापनी उनको भनाइइबाट के बुझिन्छ भने उनी लामो डौदको लागि अझै कसरथ गरिनै रहेका छन् ।

Recent Comments

Top