logo
Advertisement

जातिय बि’भेदमा आधारित अनिल गुरुङको लभ पोइन्ट बि’वादमा

९ असार २०७७, मंगलवार मा प्रकाशित

अनिल गुरुङको आफ्नै लेखन र निर्माण भएको वेभ सिरिज “लभ पोईन्ट” मा उनी प्रमुख भूमिकामा देखिएका हुन् । पछिल्लो समयमा कथित तललो जाती र माथिल्लो जातीको चर्चा चुलिदै गर्दा उनले निर्माण गरेको यो सिरिजमा अनिल गुरुङले तल्लो जाती बनेर भूमिका निभाएका छन् भने उनको अपोजिटमा नायिका एलिना रायमाझी देखिएकी छिन् ।

 

तर लभ पोईन्टमा जातीय तगारो, खडा गर्न खोजेको र कुनै पहिरनलाई हेप्न पाउदैन भन्दै अनिल गुरुङ्गलाई चेतवानी दिएको खुलेको छ र उक्त सिरिजमा कथाले मागेको र बाहुनले लगाएको धोती र बिना भाले बसेको पोथी मन पर्दैन भनेर एउटा केटि पात्रलाइ भन्दा सोहि शब्द हटाउनु पर्ने भनेर आपति जनाएको छ।

बिपरित शरिर देख्नासाथ नजिकिन खोज्ने युवा पुस्ताको मनोभावलाई केन्द्र बिन्दुमा राखेर निर्माण गरिएको वेभ सिरिजमा युवाहरुले बोल्ने केही भल्गर लाग्न सक्ने शब्द र संकेत पनि जस्ताको त्यस्तै राखिएको छ । एलिनालाई देखेदेखी नै एकोहोरो बनेका अनिल केही डेटिङ सेट गर्न सफल हुन्छन् । उनीहरु दुई जनाको प्रेम झांगिन थाल्छ तर अनिल बीचमा एउटा मनोदशामा फस्छन् अनि कथाले अर्को मोड लिन पुग्छ ।

 

अनिलसँग नजिकिन पुगेकी एलिनाको चित्त के ले दुखाउँछ अनि मन किन बदलिन्छ ? त्यस पछि कथाले कुन मोड लिन्छ र अनिलले आफ्नो लभ पोईन्ट कसरी पल्यिाउँछन् त्यो थाहा पाउँनको लागी भने पुरा सिरिज हेर्नै पर्ने हुन्छ ।

नमस्ते अनलाईन टिभीको प्रस्तुति रहेको वेभ सिरिजमा प्रयोग भएका भाषाहरु सहज लाग्दा लाग्दै बाहुनले लगाएको धोती र बिना भाले बास्ने पोथी मन पर्दैन भन्ने शब्दले भने जातीय द्वेश निम्त्याउँन सक्छ । यतातिर लेखक समेत रहेका अनिलले ध्यान दिन सकेको देखिदैन । तर यो सिरिज हेर्न थालेपछि अन्त्यसम्म नहेरी मन मान्दैन, सिरिजको प्रमुख सफलता यही हो ।

 

सिरिजको निर्देशन आरजे प्रनवले गरेका छन् भने नबिन बाबु गुरुङले खिचेको भिडियोको सम्पादन तुलसी बाँस्कोटाले गरेका छन् । भिडियोभित्र बिशाल रायमाझी तथा शायना जि.सी.लगायतको समेत अभिनय रहेको छ ।

पुरा भिडियो यो लिंकमा हेर्नुहोस्

<iframe width=”889″ height=”315″ src=”https://www.youtube.com/embed/2az9HswC9uM” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

Recent Comments

Top