logo
Advertisement

सोनम कपुर भन्छिन्, हो म बुवा कै कारण फिल्म क्षेत्रमा छु

८ असार २०७७, सोमबार मा प्रकाशित

हाल बलिउडमा सुशान्तको दे’हान्तका कारण नाताबादको च’र्को आ’लोचना भईरहेको छ । साथै नाताबादमा जोडीएको नामको निक्कै ट्रोल पनि भइरहेको छ । नायिका सोनाक्षी सिन्हाले यही कारण देखाउँदै ट्विटरबाट बाहिरिने निर्णय गरिसकेकी छन् ।

यस्तै चर्को मुद्दा उठेपछि नायिका सोनम कपुरले यो विषयमा मुख खोलेकी छिन् । सोनमले सामाजिक सञ्जालमा आफ्नो भनाइ सार्वजनिक गर्दै लेखेकी छन्–‘म मेरो पिताकी छोरी हुँ, म उनकै कारणले बलिउडमा छु र यो मेरो विशेष अधिकार पनि हो । यो बेइज्जत होइन । मेरो पिताले निकै दु:खका साथ काम गरेर मलाई यो हक दिएका हुन् । मलाई उनको छोरी भएकोमा गर्व छ ।’

सोनमले सामाजिक संजाल मार्फत मिडिया र अन्य मानिसहरूले परिवारवादको मुद्दालाई बढाइरहेको आ’रोप समेत लगाएकी छन् । उनले मानिसहरूले अरूसँग कसरी दयालु हुनुपर्छ भनेर सिकाइरहेको तर फेरि अरूलाई नै मनमा आएको हरेक कुरा बोलिरहेको पनि बताएकी छिन् ।

Recent Comments

Top