logo
Advertisement

अक्षय कुमारको घरको काहानी फिल्मी शैलीको , जुन घरमा फोटो खिच्दा बे,ईजती सहनुपर्यो अहिले त्यही घरका मालिक छन् उनी (हेर्नुस् भिडियो)

७ असार २०७७, आईतवार मा प्रकाशित

बलिउड अभिनेता अक्षय कुमार अहिले युवा पुस्तामाझ् निक्कै चर्चित छन् । उनको पछील्लो फिल्महरुले धमका मच्चाउदै आएका छन् । यसै बिच उनको एक अन्तर्वाता निक्कै चर्चामा छ । भारतीय मिडियाले लिएको एक अन्तर्वातामा उनले भनेका कुरा मध्य एक कुरा निक्कै भाईरल भएको पन्जी छ । साथै उनले हालै सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेका छन्। उक्त भिडियो उनको जुहु बिचस्थित घरका बारेमा छ।

उनी भन्छन् मेरो घरको काहानी पनि फिल्मको स्टोरि जस्तै छ। अक्षयका अनुसार उनीहरू दुई जना जुहु बिच गए र त्यहाँ एउटा पुरानो ठूलो घर देखे। ‘म तुरून्तै त्यो घरको बरन्डाजस्तो भागमा बसेँ र उनले मेरा फोटा खिच्न थाले,’ अक्षयले भनेका छन्, ‘तर त्यो घरका सुरक्षा गार्डले हामीलाई देखे र हामीतिर आए। उनले हामीलाई हप्काउँदै बाहिर निकाले।’

उनका अनुसार त्यति बेलासम्म उनीहरूले तीन-चार वटा फोटा खिचिसकेका थिए। यो घटनापछि मेरो कुनै योजना त थिएन। तर आज म जुन घरमा बसिरहेको, जहाँ बसेर यो भिडियो बनाइरहेको छु, म त्यसरी निकालिएको घर यहीँ ठाउँमा थियो,’ उनले भिडियो पहिले त्यहीँ खिचेको फोटो देखाउँदै भनेका छन्।

यसको खास विशेषता के भने आज उनी बसिरहेको यो घर जहाँ छ, त्यही ठाउँमा ३२ वर्ष अगाडि उनले फोटो खिच्दा त्यहाँको एउटा ठूलो घरका सुरक्षा गार्डले हप्काएर निकालेका थिए । अक्षय कुमारले ती पुराना दिन सम्झिएका छन्। उनका अनुसार उनी त्यो बेला बलिउडमा आइसकेकै थिएनन्। उनी त्यो बेला एक चिरपरिचित फोटोग्राफरका ‘असिस्टेन्ट’ थिए।

अक्षयका अनुसार पछि त्यो पुरानो भवन भएको ठाउँमा नयाँ घर बन्यो र अक्षयले त्यो नयाँ घर किने। उनले पुरानो र नयाँ फोटो देखाउँदै भनेका छन्, ‘यो एकै ठाउँमा खिचिएको फोटो हो। एउटा ३२ वर्षअगाडि। एउटा तीन-चार वर्ष अगाडि।’

Recent Comments

Top