logo
Advertisement

रंग पत्रकार सचित खड्काको अध्यक्षतामा ‘काभ्रे रेडियो टेलिभिजन प्रसारक मञ्च’गठन

६ असार २०७७, शनिबार मा प्रकाशित


रंग पत्रकारितामा सक्रिय रहेका पत्रकार सचित खड्का काभ्रे रेडियो टेलीभिजन प्रसारक मंचको अध्यक्ष चनय भएका छन् । काभ्रे जिल्लामा रहेका रेडियो टेलिभिजन सञ्चालकहरुको भेलाले काभ्रे रेडियो टेलिभिजन प्रसारक मञ्च गठन गरेका छन् । पत्रकार सचित खड्काको अध्यक्षतामा मञ्चको सचित खड्का गठन गरिएको हो ।

मञ्चको उपाध्यक्षमा रमेशप्रसाद न्यौपाने, महासचिव भुवन रायमाझी, सचिव राजनप्रसाद दाहाल, कोषाध्यक्ष सम्झना हुमागाईं चयन भएका छन । त्यस्तै सदस्यहरुमा शंकर अधिकारी, रामकृष्ण बञ्जारा, कृष्णप्रसाद नेपाल, समिर भण्डारी, कर्म लामा, हिरामान लामा लगायत चयन भएका छन् ।

राज्यको चौथा अंगको रुपमा रहेका पत्रकारहरु जो काभ्रेको विभिन्न रेडियो तथा टेलिभिजनको ह’कहितको लागि मञ्चले कार्य गर्ने अध्यक्ष सचित खड्काले जानकारी दिनुभयो ।

Recent Comments

Top