logo
Advertisement

नागरिकता सम्बन्धी बिधेयकको काग्रेस र जसपाले किन ब’रोध गर्छ ?

६ असार २०७७, शनिबार मा प्रकाशित

नागरिकता सम्बन्धी बिधेयकको काग्रेस र जसपाले किन ब’रोध गर्छ ?

नेपाल कम्युनिष्ट पार्टी नेकपाले लामो समयदेखि बहस हुँदै आएको नागरिकता सम्बन्धी विधेयकबारे एउटा नि’र्णय गर्यो । विदेशी वुहारीले विवाह भएको ७ वर्ष पछि मात्र नेपाली नागरिकता दिने नि’र्णय नेकपाले गरेको छ । शनिवार बसेको नेकपा सचिवालयको बैठकले नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई सात वर्षपछि मात्रै वैवाहिक अ’ङ्गीकृ’त नागरिकता दिने नि’र्णय गरेको हो । विवाह गरेर ल्याए लगत्तै राजनीतिक बाहेकका सबै अधिकार दिने गरी परिचय पत्र व्यवस्था गरिने नेकपाले जनाएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार यो व्यवस्था भारतलगायत सबै विदेशी महिलाका हकमा लागु हुनेछ । संसद्‌मा विचाराधीन रहेको यो विधेयक अनुसार त्यसरी विवाह गरेर आउने विदेशी महिलाले राहदानीलगायतका व्यवस्था पाउनेछन् । तर नेकपाको यो निर्णयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसवादी दलले कडा आपत्ति जनाएको छ ।

कांग्रेसका तर्फ राष्ट्रिय सभामा सांसद रहेका राधेश्याम अधिकारीले भने, नागरिकतासम्बन्धी पहिलैदेखिका व्यवस्था हेर्ने हो भने विवाह गरेर आएकी महिलाले चाहेमा नागरिकता पाइहाल्ने व्यवस्था छ । तर, अहिले नेकपाको निर्णय अनुसार गर्दा संविधान अनुकुल हुँदैन । शर्त धेरै राख्दै जाँदा त्यसले झन् कठिन परिस्थिति निम्त्याउँछ । उक्त ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे नेपाली काङ्ग्रेस र तराई केन्द्रित दलहरूले संविधान अनुसार नै पहिलाकै व्यवस्थाले निरन्तरता पाउनुपर्ने बताएका छन् ।

तर, भारतीयले नेपालीलाई विवाह गरे नागरिकताको अधिकारका लागि सात वर्ष कुर्नुपर्ने प्रावधान रहेकाले नेपालले पनि त्यसै गरेको नेकपाका नेताहरूको तर्क छ।नागरिकताकै व्यवस्थालाई लिएर पहिलैदेखि विरोध जनाउँदै आएको तराई केन्द्रित दल समाजवादी जनता पार्टीका एक नेता लक्ष्मणलाल कर्णले पनि नेकपाको शनिवारको निर्णयप्रति आफ्नो आपत्ति रहेको बताएका छन् ।

उनले भने, नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक सम्बन्ध रहेकाले यस्तो व्यवस्था गर्दा त्यसले व्यक्तित्वबीचको भावनामाथि प्रहार गरेको छ ।अहिले जस्तो व्यवस्था छ त्यसैलाई कायम गर्नुपर्छ भन्ने हाम्रो माग हो।नेकपाकै तर्फबाट सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका हृदयेश त्रिपाठीले भने संसद्‌मा विधेयक प्रस्तुत हुँदा जुन व्यवस्था थियो त्यसमै आफू अडिग रहेको बताएका छन् ।

विधेयक पेश हुँदा पनि नेपाली पुरुषसँग विवाह गरेलगत्तै विदेशी महिलाले चाहेमा सङ्घीय कानुन अनुसार नागरिकता पाउने भन्ने व्यवस्था थियो ।अहिले के के परिवर्तन वा परिमार्जन गरियो मलाई थाहा छैन । सुरुमा विधेयक पेश हुँदा जुन व्यवस्था थियो म त्यसमै अडिग छु, तराइको क्षेत्रीय राजनीतिमा लामो समय सक्रिय रहेर अहिले सत्तारुढ दलकै तर्फबाट मन्त्री रहेका त्रिपाठीले भने ।

यही साता नागरिकताको यो विषयलाई लिएर तल्लो सदनको राज्य व्यवस्था तथा सुशासन समितिमा बहस भएको थियो । गृहमन्त्रीले गृहकार्यका लागि समय मागेपछि उक्त विषयबारे नेकपाभित्र छलफल भइरहेको थियो । यो व्यवस्थालाई लिएर सामाजिक सञ्जालमा पनि असन्तुष्टीका आवाजहरू देखिएका छन् । – बीबीसी

Recent Comments

Top