logo
Advertisement

भोलि नेपालबाट देखिनेछ, इतिहासकै दु’र्लभ ख’ण्डग्रास सूर्य ग्र’हण

६ असार २०७७, शनिबार मा प्रकाशित

भोलि नेपालबाट देखिनेछ, इतिहासकै दु’र्लभ ख’ण्डग्रास सूर्य ग्र’हण

यही असार ७ गते आइतबार (जुन २१ तारिख) नेपालबाट देखिने गरी खण्डग्रास सूर्य ग्रहण दुई नक्षत्रलाई समेट्दै मिथुन राशिमा लाग्दैछ । आइतबार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने उक्त ग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम अवस्थामा रहनेछ । अपराह्न २ बजेर २३ मिनेटमा पूर्णरुपमा ग्र’हणले छो’ड्ने छ ।

उक्त ग्र’हणले दुईवटा नक्षत्रलाई सन्धि बनाएर ३ घण्टा ३३ मिनेटसम्म लाग्न लागेको हुनाले यसलाई विशेष रुपमा हेरिएको छ । ग्रहण सुरुभएको २ घण्टा ३५ मिनेट पछि मृ’गशिरा न’क्षत्रलाई छो’डेर आ’द्रा न’क्षत्रमा करिब ५८ मिनेटसम्म ग्रहण रहिरहने छ । यस्तो खालको ग्र’हण म’हाभारत यु’द्धको समयमा पनि लागेको भन्ने ज्योतिषका सि’द्ध ग्रन्थ तथा पुराणहरुमा उल्लेख्य गरिएको छ । आइतबार सूर्य ग्रहण तथा सोमबार चन्द्र ग्रहण परेको वर्ष विशेष महत्व रहने गरेको छ । उक्त ग्रहणलाई चुडामणि ग्रहण भन्ने गरिएको छ ।

गत वर्ष पुस महिनामा लागेको खण्डग्रास सूर्यग्रहण भन्दाभन्दा ठीक वि’परीत तरिकाबाट लागेकाले पनि यसको प्र’भाव विश्वभरि नै सकारात्मक रहने अनुमानित गरिएको छ । मृगशिरा र आर्द्रा नक्षत्र तथा मिथुन राशिमा लाग्ने ग्रहणले १२ राशिमा फरक फरक प्रभाब पर्ने छ । विशेषगरी वृष, मिथुन, बृश्चिक र मीन राशिका जातकहरुका लागि ग्रहणको प्रभाव उच्च रहने छ भने कर्कट, तुला, धनु र कुम्भ राशि हुनेहरुका लागि मध्यम रहनेछ । मेष, सिंह, कन्या तथा मकर राशि हुनेका लागि भने शुभ रहने छ ।

पञ्चाङ्गमा उल्लेख भएअनुसार मेष राशिका जातकले ग्रहण अवलोकन गरेमा श्रीप्राप्ति तथा सिंह राशिहुनेका लागि लाभ र कन्या तथा मकर राशिका जातकका लागि सुख प्राप्ति हुने बताइएको छ । अ’सुरक्षित तरिकाबाट कसैले पनि ग्रहण अवलोकन नगर्न समेत आम सर्वसाधारणमा आग्रह गरिएको छ । यो ग्रहण ७५ प्रतिशत मानिसले हेर्न नहुने तथा चार ओटा राशि अर्थात २५ प्रतिशतले सुरक्षित अवलोकन गर्दा कुनै प्रकारको हा’निका’रक नहुने ज्योतिषीले जानकारी गराएका छन् ।

धार्मिक नियम अनुसार असार ६ गते शनिबार राति १० बजेर ५० मिनेटबाट नै बालक, वृद्ध अशक्त तथा रोगीहरु बाहेकले भोजन गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ । यस्तो अवस्थालाई सुतक काल भनेर भनिएको छ । सुतक सू्र्य ग्रहण लाग्नुभन्दा १२ घण्टा अगाडिदेखि नै सुरु हुने उल्लेख गरिएको छ । ग्रहणको प्रभाव कम गर्नका लागि घरमा भएका पानीका भाडाहरुमा कुश राख्ने तथा गाईको गोबरले घर घेर्ने परम्परा पनि सदीयौंदेखि रहिआएको छ ।

गाईको गोबरमा हानिकारक व्याक्टेरियालाई निष्कृय पार्न सक्ने शक्ति रहेको वैज्ञानिकबाटै पुष्ठि भैसकेको छ । खण्डग्रास सूर्यग्रहण विशेष गरेर मिथुन राशिका दुईवटै नक्षत्रमा लाग्ने भएकाले ज्योतिष तथा खगोलविद्हरुले ऐतिहासिक ग्रहण भनेर जानकारी गराएका छन । यसको प्रभाव पृथ्वीमा रहेका हरेक वस्तुमाथि फरक फरक तरिकाले पर्दछ । यस्ता खाले ग्रहण लागेको समयमा विभिन्न क्षेत्रमा प्रभाव पार्ने गर्दछ ।

बिशेष गरी पश्चिमी उत्तरका देशहरुमा यसको प्रभाव उच्च रहने छ । ग्रहण लाग्ने राशिको हिसाबले पनि मिथुन राशिको दिशा पनि पश्चिम नै हो, यस कारणले पनि पश्चिमी क्षेत्रमा उच्च प्रभाव पर्ने अनुमान गरिएको छ । ग्रहको अवस्था पनि देवगुरु बृहस्पति नीच अवस्थामा शनिसँग वक्री भएर एउटै राशिमा रहेका छन् । जुन जुन समयमा शनि तथा बृहस्पति एउटै राशिमा बस्दछन् यस्तो समयमा विश्वमा नै नकारात्मक प्रभाव पर्ने गरेको छ ।

गत वर्ष पुस १० गते लागेको ग्रहण पनि दु’र्लभ भनेर भनिएको थियो । उक्त समयमा पनि ६ ओटा ग्रह एकैसाथ धनु राशिमा बसेको अवस्थामा लागेको थियो यसको प्रभाव पूरा विश्वभरिनै परिरहेको छ । आइतवार लाग्ने ग्रहणले पनि विशेष गरी म’हामा’री, चो’री, ड,कैती वि’परीत बुद्धि हुने भनेर भनिएको छ । बुध व्यापारसँग सम्बन्धित रहेकाले रा’हु चन्द्रमा र सूर्यसँग सँगै बसेकाले पनि व्यापार व्यवसाय तथा वित्तीय क्षेत्रहरुमा यसको उच्च प्रभाव रहने अनुमान गरिएको छ ।

हवाई दु’र्घटना तथा भु’कम्प जान सक्ने सम्भावना पनि विगतमा लागेका ग्रहको अ’नुसन्धानका क्रममा अ’नुमानित गरिएको छ । यो खण्डग्रा’स सुर्य ग्रहण हो । ग्रहण प्रकृतिका लागि अद्भुत च’मत्कार एक खगोलीय घ’टना हो । यसको गणना ईसाको चार हजार वर्ष पूर्व नै गणना भएको कुरा वेदमा उल्लेख छ । ऋग्वेदमा भनिएको छ, ‘अ’त्रि ऋषिका परिवारलाई मात्रै यस्तो खाले खगोलीय घटनाको गणना गर्ने ज्ञान थियो ।

महर्षि अत्रिमुनि ग्रहणहरुको बारेमा जानकारी गराउने प्रथम आचार्य भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । वैदिककालदेखि नै ग्रहणको अध्ययन तथा परिक्षण भएको प्रमाण भेटिन्छ । पाचौँ शताब्दीमा आर्यभट्टले ग्रहण सम्बन्धि थप र’हस्य पत्ता लगाउँदै ग्रहणको आधिकारिक समय निर्धारण गरेका थिए । भौतिक विज्ञानले पनि स्वीकारेको छ, एन्टिरेडिएसनका रुपमा र आध्यात्मिकले पनि न’कारात्मक शक्ति एकदमै हानिकारक हुन्छ भनेर ।

ग्रहणको समयमा सूर्यबाट आउने किरणमा न’कारात्मक प्रकाश आउने हुँदा यसबाट बच्नका लागि आग्रह समेत गरेका छन् । यसको स्रोत भनेको, रा’हु र केतु नाम गरेका ग्रहहरुबाट नै आउने हो । त्यस कारण हरेक औंशी तथा पूर्णिमामा ग्रहण लाग्नुको मुख्य कारण नै राहु र केतुले गर्दा हो । वैज्ञानिक तथा खगोलविद्हरुले यस्ता किसिमका खगोलीय घ’टनाहरुलाई निक्कै महत्त्वका हेर्ने गर्दछन् । खगोल सम्बन्धि अध्ययन गर्नका लागि ग्रहणको समय अति उपयोगी हुने गरेको छ ।

ऋषि महर्षीहरुले हजारौं वर्ष पहिल्यै खाली आँखाले रातको समयमा देखिने तारा तथा नक्षत्रलाई गणना गरेर पत्ता लगाएको खगोल विज्ञानलाई आधुनिक विज्ञानले अर्बौं डलर खर्च गरिसकेका छन् । पृथ्वीले आफ्नो अरविटमा नित्य रुपमा सूर्यको परिक्रमा गरिरहेको छ । त्यस्तै सूर्यले पूरा सौर्य परिवारकै परिक्रमा गरिरहेको छ । चन्द्रमाले पनि पृथ्वीको चारैतिर परिक्रका गरिरहेको छ ।

पृथ्वीमा भएका मानिसले चन्द्रमाको करिब आधाभाग लगभग ५४ प्रतिशत मात्रै अर्थात चन्द्रमाको एकापट्टिको भाग मात्रै देखिरका हुन्छौं ।परिक्रमाकै क्रममा जब चन्द्रमा सूर्य र पृथ्वीको मध्यभागमा आउँदछ या एउटै लाईनमा पर्दछ यस्तो अवस्था लाई न्यूमुन अर्थात् अमावस्य भनिन्छ । यस्तो अबस्थामा चन्द्रमाले सूर्यको प्रकाशलाई पूर्णरूपमा पृथ्वीमा आउन अवरोध गर्दछ र राहु तथा केतुको पनि पूर्ण छाया परेको अवस्थामा पृथ्वीको जुन भागबाट उक्त सूर्यको प्रकाश देख्न पाईदैन त्यही स्थानलाई नै ग्रहण लागेको भनेर भनिएको हो ।

यहीँ ग्रहण अन्य देशबाट फरक तरिकाले पनि देख्न सकिन्छ । यसको ठिक बिपरित चन्द्रमा अ’पोजिट साईटमा गएको अबस्था रेखिय अबस्था बन्दछ । पृथ्वीको वि’परीत तर्फ हुँदा पूर्णिमा हुन्छ यस्तो अबस्थामा सूर्यको किरण पूर्णरुपमा चन्द्रमामा ठो’किएर पृथ्वीमा आउँदछ । यदि यस्तो अबस्थामा राहु या केतु ग्रहमध्ये कुनै एक नजिक गएको अवस्थामा या चन्द्रमाको प्रकाश छेकेमा चन्द्र ग्रहण लाग्दछ ।

सामान्यतया चन्द्रमाको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण तथा पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्र ग्रहण लाग्दछ । ग्रहण का’लमा कुनै नदी, तलाउ तथा धार्मिक क्षेत्रमा गएर स्नान गर्नु पर्ने बिधान रहेको छ । साधना गर्ने मानिसका लागि यस्तो दिन अति उपयोगि मानिन्छ । दान तथा मन्त्र हरुको जपले यसको प्रभाव कमपर्ने शास्त्रमा उल्लेख गरिएको छ ।

यो ग्रहणमा शिव तथा कालीको साधना बहु उपयोगी हुने उल्लेख गरिएको छ । यस्तो समयमा गरिएको शुभ कर्महरु अन्य समयमा गरिएको भन्दा १०८ गुणाले बढिहुने शास्त्रमा उल्लेख गरिएको छ । (लेखक रिजाल दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् हुन् । उनको सम्पर्क नम्बर ९८५१०६११२४ र ईमेल ijal.suresh123@gmail.com रहेको छ । )

Recent Comments

Top