सुनको मुल्य बढेर छोई नसक्नु भएको छ । लकडाउनले पनि नघटेको सुनको मुल्य झनै अकासिएको छ । तर आज बिहीबार सुनको मुल्य यथावत रहेको छ ।
बुधबार छापावाला सुनको मूल्य ८९ हजार ८ सयमा कोरोबार भएको थियो भने आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ ।
त्यसैगरी, तेजाबी सुनको मूल्य ८९ हजार ३ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। भने चाँदी बुधबारको तुलनामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Recent Comments