logo
Advertisement

दीपकराज गिरी लेख्छन्: हाम्रोमा परिवारवाद होइन, नोप्टोजम र चेप्टोजमको सम’स्या

३ असार २०७७, बुधबार मा प्रकाशित

बलिउड नायकको दे’हान्त पछी गर्मिएको बलिउड संगै नेपाली सिने नगरि पनि गर्मिन थालेको छ । बलिउडमा झै नेपाली फिल्म इन्डस्ट्रिजमा पनि नेपटिजम र ग्रुपिजमले जरो गढेको कुरामा कलाकार कलाकार बिच दुई मत सामाजिक संजाल मार्फत धारणा सार्वजनिक गरिरहेका छन् ।

यस्तैमा चर्चित कलाकार दीपकराज गिरी लेख्छन्–‘भारतमा परिवारवादको कुरा उठेसँगै नेपालमा पनि सुरु भएछ । हाम्रोमा परिवारवाद होइन, नोप्टोजम र चेप्टोजमको सम’स्या छ । गल’त मान्छेहरु यही दाउरोमा भात पकाउँछन् ।’

दीपकले आमा सरस्वती मुभिजले बनाउने फिल्ममा ग्रुपिज्म पनि नभएको बताए । उनी भन्छन्–‘हाम्रो फिल्म कमेडी कथामा बन्ने भएकाले हाँस्य कलाकारको टिम त हुने भैहाल्यो । नायिकाहरु पनि हामीले फिल्ममा फरक–फरक लिएका छौ ।’

प्रियंका कार्कीलाई मात्र फिल्म खेलाउँदा दीपकले ग्रुपिज्म गरेको आरोप लाग्ने गरेको थियो । तर, अहिले यो क्याम्पबाट प्रियंका बाहिरिएको अवस्था छ । प्रियंकापछि दिपिका प्रसाँई, केकी अधिकारीले दीपकको टिमसँग काम गरिसकेका छन् ।

Recent Comments

Top