logo
Advertisement

सुशिल भन्छन्, नेपाली फिल्मिनगरीमा नातावाद छैन

३ असार २०७७, बुधबार मा प्रकाशित

नायक सुशान्त सिंह राजपुतले नाताबातका कारण डि’प्रेश’नमा परि ज्या’न गु’माएको कुरा कंगना रनवतले बताएसंगै नेपाली फिल्मी नगरिमा पनि तरंग पैदा भएको छ । यस्तैमा केही नेपाली फिल्मकर्मिले पनि सामाजिक संजाल मार्फत नेपाली फिल्मिनगरिपनी ‘परिवारवाद’ हाबी रहेको भन्दै आफ्नो भनाई सार्वजनिक गरेका छन् ।

तर, नेपाली फिल्म क्षेत्रमा निकै कम मात्र यस्ता कलाकार छन्, जसको परिवार यही क्षेत्रमा समर्पित छन् । यसैले, नेपाली फिल्ममा ‘परिवारवाद’ हाबी छ भन्नु तर्कसंगत नहुने तर्क केही कलाकारको छ ।

यस्तैमा नायक सुशिल श्रेष्ठले पनि आफु कलाकार भएको नाताले आफ्नो कुरा सामाजिक संजालमा लेखेका छन् । उनीपनी सिनेनगरिको प्रिष्टभुमिमा आफन्त नभएका उदाउदा कलाकार हुन् । उनी नेपाली फिल्म क्षेत्रमा ‘परिवारवाद’ हाबी छ भनेर भन्न नहुने बताउँछन् । उनले लेखेका छन्–‘फिल्मी परिवारबाट आएका कलाकारहरु पनि कती चलेका छन् भने कती चलेका छैनन् । जो जो चल्नुभएको छ आफ्नै प्रतिभा अथवा केही न केही फरक कुराका कारण चल्नुभएको छ । नेपालमा परिवारवादको कुरा नगरौ जस्तो लाग्छ । बरु, आफू मिहिनेत गर्दै गरौ, अगाडि बढ्दै गरौ । यही हार नै तपाइको जितको सुरुवात हुनेछ ।’

उनले, फिल्म क्षेत्रको पृष्ठभूमी नभएका धेरै कलाकार आज राम्रो स्थानमा पुगेको भन्दै कहिलेकाही फिल्मी पृष्ठभूमीबाट आउने कलाकारको कोणबाट पनि सोच्न आवश्यक रहेको बताएका छन् । मिहिनेत नगर्ने कलाकारलाई दर्शकले नै पन्छाइरहेको सुशिलको तर्क छ ।

Recent Comments

Top