राजतन्त्रको अन्त्य भएको १९ बर्ष नाघिसकेको छ । तर अझैपनी पूर्व राज परिवार प्रतिको जन चासो भने घटेको छैन । मुलुकको परिस्थति अत्यन्त चि’न्ताजनक रहेको भन्दै ‘एउटा जिम्मेवार नागरिकको है’सियतले मलाई देशको चिन्ता र चासो हुनु स्वभाविकै छ’, पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले भने, ‘अब समय आए जस्तो छ, जनताले जिम्मेवारी दिए म नेतृत्व लिन तयार छु। तर, सबै जनताको इच्छा हुनुपर्छ।’ उनले भने ।
शाहले देशको परिस्थिति र समय आएको बताए पनि आफूले नेतृत्व लिनका निम्ति सबै जनताले चाहनुपर्ने भने दोहोर्याए। ‘देशको परिस्थिति र समय आएको छ, म फेरि दोहोर्याउछु तर, सबैले चाहनु पर्दछ’, उनले थपे । मुलुकको परिस्थति अत्यन्त चिन्ताजनक रहेको बताउँदै आफू सक्रिय हुने सक्ने संकेत गरेका छन् । ‘देशको परिस्थिति अन्त्यन्तै नाजुक अवस्थामा छ’, उनले चिन्ता ब्यक्त गरे ।
राजनीतिक नेतृत्वप्रति आक्रोश व्यक्त गर्दै उनले वर्तमान नेतृत्वलाई कागजको फूलमा सुवास खोज्ने आरोप पनि लगाए । ‘अहिले परिस्थिति कस्तो छ भनेदेखिन्, दुबो, मखमली र गोदावली फूलको मालाको महत्व नबुझ्ने तर, कागजको फूलको सुवास खोज्ने, त्यो परिस्थितिमा हामी हिडिराखेको जस्तो लाग्छ मलाई’, पूर्वराजा ज्ञानेन्द्रले भने, ‘नेतृत्व नभा जस्तो देखिएको छ।’
पूर्वराजा ज्ञानेन्द्रले आफू नेतृत्व लिन तयार भएको र त्यसका लागि जनताले साथ दिनुपर्नेमा विशेष जोड दिए । ‘सबै जनताको इच्छा हुनुपर्छ र यो कुरा गर्दा फेरि सक्रिय भयो भन्ने कुरा निस्केला। यो सक्रिय हुने र नहुने बेला होइन’, उनले भने, ‘देशको परिस्थितिले मागेको समय आए जस्तो लाग्छ। तर, म फेरि दोहोर्याउछु सबैले यो चाहना गर्नुपर्छ।’
Recent Comments