logo
Advertisement

गायक प्रमोद खरेललाई पुत्रीलाभ, लेखे यस्तो स्टाटस

३ असार २०७७, बुधबार मा प्रकाशित

चर्चित गायक प्रमोद खरेललाई पुत्रीलाभ भएको छ । उनकी धर्मपत्नी दीपा खरेलले गत जेठ २९ गते बिहिबार बिहान ८ बजेर ५० बजे ललितपुरको अलका अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।

अहिले भरखरै फेसबुकमा गायक प्रमोद खरेल लेखेका छन् – जीन्दगीले अर्को खुशीको आकाश छोएको छ, घरमा लक्ष्मी को आगमन भएको छ ! तर, भ्यान्टिलेटरमा ६ दिन (१४५ घण्टा ) को कठिन संघर्ष पछि बल्ल उनी हाम्रो काखमा आइपुगिन । तनावग्रस्त अवस्थाले रुनु न हास्नु भयौं, सबैसँग खुशी बॉडने असीमित चाहना हुदाहुदै पनि सकिएको थिएन, न त दुखै साटन सकियो । खुशी पक्कै आउला भनेर हरेस खाइएन, डा. नुतन शर्मा, डा. शिव चालिसे , डा .गणेश शाह लगायत अल्का हस्पिटल टिम, शुभेच्छुक,भगवान र प्रार्थना गरिदिनु हुने सबैप्रति आभारी छौं !’

यसअघि करिव साढे आठ वर्षअघि प्रमोद र दीपाले छोरा दिप्रवलाई जन्म दिएका थिए । गायक खरेलले दोस्रो सन्तानको रुपमा छोरी जन्माउन पाउँदा अत्यन्त खुशी लागेको प्रतिक्रिया दिएका छन् । गायक खरेल तथा दीपा खरेललाई हार्दिक वधाइ ।

Recent Comments

Top