logo
Advertisement

सुशान्तलाई सहा’नुभु’ति प्रकट गर्दा, करण र आलियालाई दोहोरो चरित्रको मान्छे भन्दै क’ठोर आ’लो’चना

२ असार २०७७, मंगलवार मा प्रकाशित

हालै बलिउड अभिनेता सुशान्त सिंह राजपुतको दु:’ख’द खबरले झनै सो’कमग्न भएको छ । यसैमा धेरै बलिउड कलकारले उनको मृत्‍’युलाई लिएर दु:ख ब्यक्त गरेका छन् ।

यस्तैमा धेरैले सामाजिक सञ्जालमा करण र आलियालाई दोहोरो चरित्रको मान्छे भन्दै क’ठोर आ’लो’चना गर्न थालेका छन् । यस्तो किन पनि भनियो भने, सुशान्तलाई करण जोहरको शो ‘कफी विथ करण’ मा आलियाले खि’ल्ली उडाएकी थिइन् । यतिसम्म कि, बाबु र आमाको प्रभावबाट बलिउडमा छिरेकी आलियाले सुशान्तलाई चिन्दिन समेत भनेकी थिइन् । जब कि, सुशान्त क’ठिन मेहनतबाट बलिउडमा स्थापित भएका थिए । उनै आलियाले सुशान्तको नि’धनबाट आफू स्तब्ध बनेको भन्दै गहिरो दुख व्यक्त गरेकी छन् । उनले यो दुख व्यक्त गर्ने शब्द नै नभएको भन्दै उनको परिवारमा सम’वे’दना प्रकट गरिन् ।

बलिउडकर्मी गौरव मिश्राले आलियाको यस्तो ट्वीटलाई ‘फेक सिम्प्याथी’ भन्दै टिप्पणी गरेका छन् । उनले त बलिउडकर्मीले ‘गोहीको आँ’शु’ झारेको भन्दै आलोचना समेत गरे । उनले भनेका छन्, ‘सुशान्तले भनेका थिए कि, कसैले पनि उनलाई पार्टीमा बोलाएका थिएनन् । उनले बलिउडले आफूलाई परिवारको सदस्यको रुपमा स्वीकार नगरेको बताएका थिए । उनी सधैँ यही कुराले दु”खी र निराश थिए । बलिउड स्टप हि’प्पोक्रेसी एन्ड घडियाली टियर्स‘ ।’

त्यसो त, सुशान्त अब्बल अभिनेता हुँदा हुँदै पनि धेरै ठाउँबाट उनलाई अघो’षित रुपमा व’हिष्कार नै गरिएको थियो । जस्तो कि, ‘काइ पो चे’ जस्तो सफल फिल्ममा उनले डेब्यू गर्दा नै आफुलाई पुष्टि गरिसकेका थिए । ‘पिके’, ‘केदारनाथ’ जस्ता फिल्ममा सुशान्तले सम्झनलायक काम गरे । कठिन मेहनतबाट बलिउडमा स्थापित बनेका सुशान्तले फिल्म अवार्ड पाउनुपर्ने गुनासो बलिउडमा सुनिरहन्थ्यो । यतिसम्म कि, कंगना रनोटले त ‘गल्ली ब्वाइ’भन्दा ‘काइ पो चे’ धेरै हिसाबले अवार्डका लागि योग्य फिल्म रहेको टिप्पणी गरेकी छन् ।

वि’डम्वना कस्तो भने, हरेक वर्ष सुशान्तको अभिनयको प्रशंसा त धेरै हुन्थ्यो । तर उनी फिल्म अवार्डमा नै बोलाइँदैनथे । यतिसम्म कि, प्रोड्युसरहरुको पार्टीमा समेत उनलाई बोलाइँदैनथ्यो । यसको मतलब सुशान्त एक किसिमले उ’पेक्षित वा व’हि’स्कृत जस्तै थिए । त्यसो त, सुशान्त आफैँ पनि कतिपय सन्दर्भमा बलिउडले परिवारको सदस्यको रुपमा स्वीकार नगरेको गुनासो गर्ने गरेका थिए ।

कंगनाले थप लेखेकी छन्, ‘स्टार किडहरु बलिउडमा सुरक्षित हुन्छन् । उनीहरुलाई पहिले नै धेरै कुरा थाहा हुन्छ, जस्तो कि, मिडिया, स्टाफ र प्रोड्यूसरसँग कसरी बोल्ने पहिल्यै थाहा हुन्छ । जब हामी आउँछौँ, हामी सिक्छौँ, हामी कठिन बाटो सिक्छौँ ।’ उनले त सुशान्तले दे’ह’त्या’ग गर्नुमा बलिउडको परिवारवाद पनि जिम्मेवार रहेको औंल्याएकी छन् । कंगना मात्रै हैन, अरु लाखौं बलिउडका दर्शकले बलिउडको परिवारवाद बन्द गर्न भन्दै ह्यासट्याग नै चलाएका छन् ।

Recent Comments

Top