logo
Advertisement

भुबनको फिल्म साईनो युटुबमा रिलिज

३२ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

नेपालकी प्रथम अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेको चलचित्र साइनो युट्युबमा रिलिज भएको छ । बोधी एचडी युट्युब च्यानलबाट उक्त फिल्म रिलिज गरिएको हो ।

को,रोना म,हामा,रीका कारण ल,क,डा,उनका बेलामा दर्शकहरुका लागि मनोरञ्जन दिन फिल्म युट्युवमा रिलिज गरिएको निर्मात्री चन्दले बताइन् । फिल्मलाई रमेश थापाले निर्देशन गरेका हुन् । गत वर्ष हलमा रिलिज भएको यो फिल्मले भने राम्रो तारिफ पाएको थियो । शरण थापा कार्यकारी निर्माता रहेको फिल्म साइनोलाई अभिमन्यु निरवीले लेखेका छन् ।

चन्द्र विनायक फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्मित फिल्म साइनोमा राज कुमार, मिरुना मगर, निता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठलगायतका अन्य कलाकारहरूको अभिनय छ ।

Recent Comments

Top