देश प्रेमी नेपालीहरुका लागि आज ऐतिहासिक दिन रहेको छ । नेपालको भुमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयक सर्वसम्मतबाट पारित भएको छ ।
बैठकको सुरुमै सभामुख अग्नि सापकोटाले समाजवादी पार्टीकी सांसद सरिता गिरीको संशोधन आफूले अस्वीकृत गरेको जानकारी गराए । लगतै सांसाद गिरी संसद भवनबाट बाहिरिएकी थिईन् ।
देशको भुमिका सवालमा जसरी सम्पूर्ण जनता एक भएझै संसदमा प्रतिनिधित्व गर्ने सम्पूर्ण दलहरु एक भएर बिधेयको पक्षमा उपस्थीत सम्पूर्ण सांसदहरुले संसोधनको मत दिएका छन् ।
दफावार सैद्धान्तिक छलफल पछि संविधान संशोधन बिधेयक सर्वसम्मतबाट पारित भएको सवामुख अग्नि प्रसाद सापकोटाले घोषणा गरेका हुन् ।
Recent Comments