logo
Advertisement

प्रदीप कुमार उदय राप्रपा पार्टीको केन्द्रीय का’र्य स’म्पादन समितीमा नियुक्त

३१ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

नेपाली फिल्म क्षेत्रमा विगत लामो समय देखि सक्रिय फिल्मकर्मी तथा सञ्चार उद्यमी हुन् प्रदीप कुमार उदय । फिल्म निर्माण, वितरण तथा प्रदर्शकका रुपमा विगत लामो समय देखि उदय सक्रिय छन् । २०४५ सालमा फिल्म ‘चे’लीबे’टी’ निर्माण गरेर फिल्म क्षेत्रमा प्रवेश गरेका उनले आजसम्म दर्जन बढी फिल्म निर्माण गरीसकेका छन् ।

चे’लीबे’टी, अ’ल्पवि’राम, कहीँ मिलन कहीँ वि’छो’ड, पहिलो पहिलो माया, हाम्रो माया जुनी जुनीलाई, मालतीको भ’ट्टी, अ’र्धक’ट्टी, नमस्ते नेपाल, सं’रक्षण लगायतका फिल्महरु प्रदीप उदयद्धारा निर्मित फिल्महरु हुन् । ‘शुभ लभ’ उदयको निर्माण रहेको पछिल्लो फिल्म हो ।

वितरकहरुको छाता संगठन फिल्म संघको निवर्तमान अध्यक्ष समेत रहेका प्रदीप उदय हाल गृह नगर बुटवलमा ‘द्वारिका उदय सिनेमा’ हल संचालन गरी रहेका छन् । उनको परिचय यतिमात्र छैन् ।

समाजसेवामा समेत उल्लेख्य काम गरीरहेका उदय हाल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा आबद्धछन् । यहीबाट सामाजिक र राजनीतिक कर्म गरीहरेका छन् । फिल्मकर्म छदैछ । हालै राप्रपा पार्टी एकिकरण भएपछि उदयले नयां जिम्मेवारी पाएका छन् ।

राप्रपा बिधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्षत्रयको सहमतीमा उदयलाई केन्द्रीय कार्य सम्पादन समिती सदस्यमा नियुक्त गरिएको छ । बुटवल आधार क्षेत्र मानेर राप्रपा राजनीतिमा लागेका उदयलाई पार्टीले सो जिम्मेवारी दिएको हो ।

Recent Comments

Top