logo
Advertisement

‘प्रेम गीत ३’ रिलिज र ‘अ’शुभ बिवाह’पछि दिनेश राउतसंग फिल्म गर्ने प्रदीपको ईच्छा !

३१ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

प्रदीप खड्का, नेपाली फिल्मका चल्तीका अभिनेता हुन् । पारिश्रमिकको हिसाबमा होस् अथवा फ्यान फ्लोइङ हरेक कुरामा प्रदीप अगाडी छन् । लकडाउनका कारण गत चैत्रको प्रदर्शन मिति फेरिएपछि यतिबेला नयां मितिमा  ‘प्रेम गीत – ३’ रिलिजको पखाईमा रहेका प्रदीप यतिबेला नयां फिल्मको तयारीमा जुटेका छन् । जसमा उनको पहिलो प्राथमिकतामा छन् निर्देशक दिनेश राउत ।

प्रदीप र निर्देशक राउतबीच नयाँ प्रोजेक्टमा टिमअप हुनसक्ने सम्भावना बढेको छ । बुझिएअनुसार, प्रदीप आफैं फिल्मको प्रस्ताव लिएर निर्देशक राउतराउतसँग केही पटक भेट गरेका छन् । अहिले निर्देशक राउतको पाइपलाइनमा ‘मेरो एउटा साथी छ २’ र निर्माता रोहित अधिकारीको गरि दुई फिल्म छन् ।

ल’क’डाउन खुलेपछि यी दुई फिल्ममध्ये एकको छायांकन आ’रम्भ गर्ने उनको योजना छ । प्रदीप पनि ‘प्रेमगीत ३’ प्रदर्शन भएपछि हेमराज विसीको फिल्म ‘अ’शुभ विवाह’ गर्ने तयारीमा छन् । यो फिल्मपछि उनी निर्देशक राउतसँग काम गर्न इच्छुक रहेको बुझिएको छ । ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’ जस्ता या’दगार फिल्मको क्याप्टेनसिप सम्हालिसकेका निर्देंशक राउत प्रदीपसँग टिमअप गर्न सकारात्मक रहेको स्रोत बताउँछ ।

तर, दुईबीच मौखिक वा लिखित सम्झौता भने भएको छैन । यसअघि निर्देशक राउत र अभिनेता खड्काबीच फिल्म ‘भैरवी’मा टिमअप भएको थियो । यो फिल्म गर्न अभिनेता प्रदीपले निर्माता सुवास गिरीबाट ५ लाख एडभान्स समेत बुझेका थिए । तर, यो फिल्म अहिलेसम्म निर्माण हुन सकेको छैन ।

Recent Comments

Top