भारतिय अ’तिक्र’मण बि’रुद्ध ‘नझु’कून् हाम्रा शीरहरू’ भिडियो गीत सार्वजनिक
भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क’ब्जा गरेको बेला देशभक्तिले ओतप्रोत राष्ट्रिय गीत ‘न’झुकून् हाम्रा शीरहरू’ सार्वजनिक भएको छ । पूर्खाले आ’र्जेको भूमिको र’क्षा गर्ने दायित्व हरेक नेपालीको काँ’धमा आएको सन्देश दिने गरी शुक्रवार म्युजिक भिडियो सार्वजनिक भएको हो ।
अ’तिक्रमित भूमि फ’र्काउन सरकारले हालै लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको छ । नेपालको भूमिका रक्षाका लागि सिङ्गो देश एकजुट भइरहेका बेला उत्तम केसीद्वारा लिखित गीत बजारमा आएको छ । गायक विजय अधिकारी र मनिष राईको स्वर रहेको गीतमा संगीत विजय अधिकारीको रहेको छ ।
गीतमा नेपाल कलाकर्मी संघका अध्यक्ष रबिन्द्र खड्का, मोहन निरौला, लय संग्रौला, जितु नेपाल, गोपाल ढकाल, सुभेक्षा थापा, उत्तम केसी,आशा भुषाल लगायत कलाकारहरुको अभिनय रहेको छ । राष्ट्रिय गीतको निर्देशन निर्देशक जीवन शाहीले गरेका छन् भने निर्माण साईराम पिक्चर्स प्रालिका प्रबन्ध निर्देशक शम्सेर श्रेष्ठले गरेका हुन् ।
Recent Comments