logo
Advertisement

महेन्द्रकी बहिनी, राजा त्रिभुवनकी छोरी नलिनी राज्यलक्ष्मीको भारतमा नि’धन

३० जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

नेपाल राजतन्त्रात्मक देश त हैन् । तथापी पूर्वराज परिवारका बारेमा धेरै मानिसहरु चा’सो राख्ने गर्छन् । हुनत् धेरै नेपालीहरु राज परिवारमा आस्था राख्ने गर्छन् । तत्का’लिन राजा त्रिभुवनकी छोरी नलिनी राज्यलक्ष्मीदेवी सिंहको ९५ वर्षको उमेरमा नि’धन भएको छ । नलिनी राज्यलक्ष्मीदेवी भारतको नयाँ दिल्लीमा बस्दै आएकी थिइन् ।

उनको आफ्नै निवासमा बिहीबार नि’धन भएको छ । तत्का’लिन राजकुमारी नलिनी मु’टु सम्बन्धी स’मस्यामा थिइन् । सोही रो’गका कारण उनको ९५ वर्षको उमेरमा नि’धन भएको परिवार स्रोतले बताएको छ । उनकी भतिजी तथा बशुन्धरा बिक्रम शाहकी छोरी ज्योती सिंह शाहले नलिनीको नि’धन भएको पुष्टी गरेकी छिन् ।

तत्कालिन राजकुमारी नलिनीलाई लामो समयदेखि मु’टुसम्बन्धी स्वास्थ्य स’मस्या रहेको पनि उनले जानकारी दिएकी छन् । राजा त्रिभुवन र रानी इश्वरी राज्यलक्ष्मी शाहकी छोरी नलिनीको सेप्टेम्बर २४, १९२४ मा जन्म भएको हो । उनको पुन्च काश्मिरका तत्कालिन राजासँग बिहे भएपछि भारतमै बस्दै आएकी थिइन् ।

उनका दुई छोरा र तीन छोरी छन् । राजा महेन्द्रका सात सन्तान (महेन्द्र, हिमालय, बसुन्धरा, त्रैलोक्य, विजया, भारती र नलिनी) मध्ये अब भारती मात्र जी’वित छन् । तत्कालिन राजकुमारी भारतीको पनि भारतकै एक राज परिवारमा बिबाह भएको हो । सात सन्तान मध्ये महेन्द्रका चार छोरी हुन् ।

Recent Comments

Top