logo
Advertisement

सलमान खान देखि अभिषेक बच्चन सम्म जसले पहिलो प्रेमलाई बिवाहमा परिणत गर्न स’केनन्…

३० जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

सलमान खान देखि अभिषेक बच्चन सम्म जसले पहिलो प्रेमलाई बिवाहमा परिणत गर्न स’केनन्…

बलिउडमा यस्ता धेरै जोडीहरु छन् जसको प्रेम सम्बन्धले चर्चा पाएको छ । धेरै बलिउड सेलिब्रेटीहरुले प्रेम सम्बन्धलाई बिवाहमा परिणत पनि गरेका छन् । तथापी कतिपय सेलिब्रेटीहरुको प्रेम अ’धुरो नै रहने गरको छ अथार्त ब्रे’कअ’प हुने गरेको छ ।

यस लेखमा हामी यस्ता बलिउड सेलिब्रेटीहरुको कुरा गर्ने छौं, जसको ब्रे’कअ’प बिवाहको तयारी चल्दा नै भएको थियो । लामो समय प्रेम सम्बन्धमा रहेर विवाहका लागि ‘इन्गेजमेन्ट’ गरेपछि एक अर्काबाट टा’ढिएका केही जोडीहरु :-

1, सलमान खान/संगीता बिजलानी : बलिउड अभिनेता सलमान खानले कहिले विवाह गर्लान ?  उनको विवाह को सँग होला ? उनकी प्रेमिका को होलिन् ? यस्ता प्रश्नहरु भारतीय सञ्चारमाध्यमहरुमा बा’रम्बार उ’ठिरहेका हुन्छन् ।

धेरैवटी अभिनेत्रीसँग प्रेमसम्बन्धमा रहेका सलमानको संगीता बिजलानीसँग विवाहको लागि कार्ड समेत छापेका थिए । तर, उनीहरुबीच सम्बन्ध तो’डियो । त्यसपछि पनि धेरै अभिनेत्रीहरुसंग सलमानको नाम जो’डिएका छन् ।

2, अभिषेक बच्चन/करिश्मा कपूर : करिश्मा कपूर बच्चन परिवारकी बुहारी बन्नेवाली थिइन् । अभिषेक बच्चन र करिश्मा कपूरको न्गेइजमेन्ट पनि भइसकेको थियो । तर, भाग्यको लेखा अ’र्कै भएर होला करिश्मा र अभिषेकको इन्गेजमेन्ट तो’डियो ।

किन उनीहरुको इन्गेजमेन्ट टुट्यो भनेर आजसम्म कसैलाई थाहा छैन । इन्गेजमेन्ट तोडिएपछि अभिषेकले ऐश्वर्या रायसँग विवाह गरे । भने करिश्माले सञ्जय कपूरसँग विवाह गरिन् । करिश्माको भने सम्बन्धविच्छेद भइसकेको छ ।

3, विवेक ओबारोय/गुरप्रीत गिल : बलिउड अभिनेता विवेक ओबेरोयले प्रेमिका गुरप्रीत गिलसँग इन्गेजमेन्ट गरेका थिए । तर, उनीहरुको सम्बन्ध विवाहसम्म पुग्न स’केन । विवाह न’हुँदै उनीहरुबीच सम्बन्ध बि’ग्रियो र विवेकले प्रियंका अल्वासँग विवाह गरे । – एजेन्सी

Recent Comments

Top