logo
Advertisement

चैत्र १० देखि जा’री ल’क’डाउन कोरोना सं’क्रमण कम भएको स्थानहरुमा आजबाट खु’कु’लो हुने !

२९ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

चैत्र १० देखि जा’री ल’क’डाउन कोरोना सं’क्रमण कम भएको स्थानहरुमा आजबाट खु’कु’लो हुने !

 

कोरोना भा’ईरस रो’कथा’मका लागि जा’री ल’क’डाउन आजबाट आं’सिकरुपमा खुल्ने भएको छ । हिजो बुधवार राति सम्पन्न मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । सरकारले उच्चस्तरिय समितिको प्रस्ताव अनुसार तीन चरणमा ल’क’डाउन खुकुलो पार्ने तयारी गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले पसल खोल्न दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बि’जोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको हो । यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भा’इरसको सं’क्रमण कम भएका क्षेत्रमा मात्रै लागु गर्ने निर्णय भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनका अनुसार सरकारले आजदेखि नै बजार खोल्न दिने भएको हो । मन्त्रिपरिषद्को राति १० बजे सकिएको बैठकले जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र सवारी साधन संचालनमा पनि खुकुलो पार्ने निर्णय गरेको हो ।

‘ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन संचालन गर्न दिने निर्णय भएको छ । ती सवारी साधन जोर-बि’जोर प्रणालीमा संचालन हुनेछन् । लामो रु’टकालाई भने अहिले अनुमति नदिने भनिएको छ,’ मन्त्री पुनले भने । जोर अंकको गते सवारी साधनको अ’न्तिम अंक जोर भएका सवारी साधन र बि’जोर अंकको गते सवारी साधनको अ’न्तिम अंक बि’जोर भएका सवारी साधन मात्रै च’ल्न पाउनेछन् ।

जसअनुसार चारपांग्रे निजी सवारी साधनमा चालकबाहेक २ जना र मोटरसाइकलमा एकजनामात्रै बस्न पाउनेछन् । मन्त्रिपरिषद् बैठकले ल’क’डाउनको खुकुलो पार्ने मोडालिटी तय गरेको हो ।

जनजीवन सहज पार्नका लागि मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र ल’कडाउन खुकुलो पार्ने मोडालिटी बिहीबार मात्रै सार्वजनिक गर्ने भएको छ । जसअनुसार पहिलो चरण आज बिहीबारदेखि २१ दिनसम्म लागू हुनेछ भने त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिनेछ ।

त्यसपछि तेस्रो चरण पनि थप १५ दिन लागू हुनेछ । तीनै चरण पूरा भएपछि मात्र सरकारले कोरोना सं’क्रमणको स्थिति विश्लेषण गरी सबै सेवा तथा व्यवसाय खुला गर्नेछ । अहिलेकै अवस्थामा पनि लकडाउन पूर्णतया अन्त्य हुन कम्तीमा ५१ दिन लाग्नेछ ।

यसबीच सं’क्रमणको अवस्था अहिलेभन्दा न’राम्रो भयो भने यो तालिका परिवर्तन हुनसक्छ।आज देखि खुल्ने सेवा र कार्य

– स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत

-औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी

-पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण

-फोहोरमैला व्यवस्थापन

– विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा

– बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा

– सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य

– कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य

– उत्पादनशील उद्योग

– निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय

– विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)

– निर्माण कार्य (निजीसमेत)

-नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण

– रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा

– क्वारेन्टिनका लागि तोकिएका होटल

– बिजुलीका सामान बिक्री र मर्मत

– विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप

– पुस्तक पसल तथा स्टेसनरी

– सबै प्रकारका ढुवानी सेवा

– अत्यावश्यक सेवाका कार्यालय

– अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)

लकडाउन जारी रहने सेवा र कार्य

-शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)

– सपिङ मल, डिपार्टमेन्ट स्टोर (खाद्यपदार्थबाहेक)

– सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जन स्थल

– अनुमतिप्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान

– तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत

– सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन

– २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार

– सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल

– स्विमिङ पुल, जिमखाना, साउना, स्टिम लगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर

– खेलकुद प्रतियोगिता र खेल मैदानमा हुने प्रस्तुति

– पहिलो चरणमा खुल्ने भनी माथि तोकिएका बाहेक अन्य सबै सवारी साधन

– बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शववाहन र ढुवानीबाहेक सबै प्रकारका आवागमन।

माथि उल्लिखित पहिलो चरण २१ दिनसम्म लागू भएपछि सरकारले फेरि कोरोना भाइरस संक्रमणको स्थिति मूल्यांकन गर्नेछ । स्थिति अनुकूल रहेमा दोस्रो चरण लागू हुनेछ, जुन १५ दिन कायम हुनेछ।

दोस्रो चरणमा खुल्ने सेवा र कार्य

– सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था ९सामान्यतया ७५ प्रतिशत कर्मचारी रहने गरी०

– एक लहरमा एक जना यात्रु मात्र बस्ने गरी विद्युतीय रिक्सा

– ट्याक्सी ९चालकबाहेक थप दुई जना यात्रु रहने गरी०

– रेस्टुरेन्ट तथा खाजाघर (व्यक्ति-व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दुरी कायम रहने गरी)

माथि उल्लिखित दोस्रो चरण १५ दिनसम्म लागू भएपछि सरकारले फेरि कोरोना भाइरस संक्रमणको स्थिति मूल्यांकन गर्नेछ ।

स्थिति अनुकूल रहेमा थप १५ दिनका लागि तेस्रो चरण लागू गरिनेछ।

तेस्रो चरणमा खुल्ने सेवा र कार्य

– सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय

– संक्रमणको जोखिम विश्लेषण गरी १०० भन्दा कम सक्रिय केस भएमा अन्तर-जिल्ला आवागमन

– सिट क्षमताको आधा व्यक्ति रहने गरी सबै प्रकारका सवारी साधन

-आन्तरिक हवाई उडान

– होटल, लज, रिसोर्ट, ट्राभल एजेन्सी, पदयात्रा, पर्वतारोहण

– अन्तर्राष्ट्रिय हवाई उडानको बुकिङ

– शिक्षण संस्था (परीक्षा प्रयोजनका लागि मात्र)

– तालिम तथा ट्युसन केन्द्र

Recent Comments

Top