logo
Advertisement

गरीब देखी प्रहरी सम्मलाई गरीब दुखिका भगवान सलमानले गरे यस्तो सहयोग

२८ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

कोरोनाले विश्वभर आ’तंक म’च्चाई रहेको बेला सबै सचेत र सु’रक्षित भएर घरमै बसिरहेको झन्डै तीन महिना हुन लाग्यो । यो कोरोनाले नेपाल मात्रा हैन अहिले विश्व नै चलायमान भएको छ । यसबाट बलिउड अ’छुतो हुने त कुरै भएन । बलिउडमा पनि कलाकारहरु आफुले सकेको सहयोग गरिरहेको समाचार दिनानुदिन आईरहेको छ ।

यस्तैमा बलिउड अभिनेता सलमान खानले मुम्बई प्रहरीका लागि पर्याप्त स्वास्थ्य सामग्री वितरण गरेका छन् । सलमानले मुम्बई प्रहरीलाई १ लाख वटा सेनिटाइजर प्रदान गरेका छन् । उनले सेनिटाइजरसँगै प्रहरीको सुरक्षाका लागि सोही मात्रामा मास्क पनि प्रदान गरेका छन् । दिनरात खटिरहने प्रहरीहरूमा कोरोना सं’क्रमणको उ’च्च जो’खिम रहेकाले उनीहरू सुरक्षित रहनुपर्छ भन्ने सलामान खानको भनाइ रहेको छ ।

मुम्बई प्रहरीसँगको सल्लाहमा प्रहरीको मागबमोजिम सलमानले आफू ब्रान्ड एम्बेस्डर रहेको कम्पनी फेस्टको तर्फबाट प्रहरीलाई सेनिटाइजर प्रदान गरेका हुन् । यो सेनिटाइजरले प्रहरीलाई धेरै हदसम्म सुरक्षित बनाउने विश्वास अभिनेता सलमानको छ । सलमानले गरेको यो सहयोगले मुम्बई प्रहरीलाई ठूलो प्रोत्साहन मिलेको त्यहाँका मुख्यमन्त्री उद्धव ठकरेले बताएका छन् ।

फिल्म क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा सलमान खानले गरेको सहयोग प्रशंसनीय भएको पनि उद्धवको कथन छ । इदको अवसरमा मुम्बईका विभिन्न व्यक्तिलाई आफ्नो सामाजिक संस्था ह्युमेन वाइङका तर्फबाट खाना खुवाए । मुम्बईमा रहेका गरिबहरूलाई खाना खुवाउने उनको अभियान अझै जारी छ । – एजेन्सी

Recent Comments

Top