logo
Advertisement

छोटो समयमै अहिले सर्वाधिक कमाई गर्ने नायिका तापसी पन्नु

२८ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

छोटो समयमै दर्शकको माया पाउने भाग्यमानी नायिका मध्य एक हुन् तापसी पन्नु । उनको क्रेज बलिउडमा चुलिँदै गएको छ । उनै नायिकाको पछिल्लो एक वर्षमा पाँचवटा फिल्म रिलिज भएका छन् । यी ५ फिलम्को व्यापारिक आँकडा हेर्ने हो भने तापसी, सर्वाधिक कमाइ गर्ने बलिउड नायिका बनेकी छिन् ।

तापसीले यो कुराको जानकारी पाएसँगै सामाजिक संजालमा लेखेकी छिन्–‘ओहो, राम्रो । मलाई यो कुराको महसुस नै भएको थिएन । मलाई लाग्छ कि क्वारेन्टिनको यो समय रोकेर पछाडि हेर्दै आफ्नो यात्रा सम्झिएर खुसियाली मनाउन आवश्यक छ ।’

उनको अभिनय रहेको पाँच फिल्म ‘बदला, मिसन मंगल,गेम ओभर, साँड कि आँख, थप्पड’ हुन् । तापसी फिल्मको पर्दामा आफूलाई फरक पात्रको रुपमा प्रस्तुत गर्न अग्रसर छिन् । यसैले पनि उनलाई फरक–फरक भूमिकामा दर्शकले पर्दामा हेर्न पाएका छन् ।

Recent Comments

Top