logo
Advertisement

हलमा हैन सिधै रेखा र सबिनको फिल्म अव घरमै बसेर हेर्नुस् टिभिमै

२८ जेष्ठ २०७७, बुधबार मा प्रकाशित

कोरोनाको कहरले धेरैलाई सहज जनजीवन जिउन असहज बनाएको छ । हुने खानेलाई भन्दा हुदा खानेलाई त झनै मर्कामा परीको नै छ । यस्तो हालतमा झन फिल्मी नगरिको त कुरै छाडम के होला हालत । बर्ष दिन अघी निर्माण भएको फिल्म ‘हिरो रिटर्न्स’ अझै प्रदर्शनमा आएको छैन । यसका निर्माता हुन् नायक सविन श्रेष्ठ ।

यो फिल्मको प्रदर्शन मिति वैशाखको अन्तिम सातालाई तोकिएको थियो तर सविनले यसलाई प्रदर्शन गर्न सकेनन् । किनकी लकडाउनले प्रदर्शनलाई तगारो लाईदियो । बारम्बार चलचित्रको प्रदर्शन मिति स्थगित हुँदै गएपछि अब यो चलचित्रको निर्माणपक्षले चलचित्रलाई अन्य प्लेटफर्मबाट रिलिज गर्ने तयारी थालेको छ ।

आशिष भेटवालको निर्देशनमा तयार भएको यो फिल्म अब डिस होमबाट रिलिज हुने भएको हो । जेठको ३० गतेबाट यो फिल्म हलमा नगईकन घरमै बसेर हेर्न सकिने छ ।

यो फिल्ममा सविन श्रेष्ठ, रेखा थापा र दिल श्रेष्ठको मुख्य भूमिका छ । एक्सन र लभस्टोरी कथामा बनेको फिल्ममा सविनले ठूलै अपेक्षा गरेका थिए । तर अब यो फिल्मलाई दर्शकले घरमै बसेर हेर्न पाउने भएका हुन् । यसअघि हलमा रिलिज नगरी फिल्म ‘कोपिला’ पनि डिसहोमबाट रिलिज गरिएको थियो ।

Recent Comments

Top