भारतिय पुर्ब बिदेश मन्त्री सिन्हा भन्छन्, मोदी जी नेपालसँग बि’वादमा नबस्नुस् त’त्काल वार्ता थाल्नुस्
भारतका पूर्व बिदेश मन्त्री मामिलामन्त्री यशवत सिन्हाले नेपालसँग त’त्काल वार्ता गर्नुपर्नेमा जो’ड दिएका छन । अङ्ग्रेजी दैनिक ‘दि हिन्दू’मा आज प्रकाशित टि’प्पणीमा उनले भारत र नेपालबीचको शान्ति र मैत्रीमा आँ’च पुग्ने गतिविधिको अ’न्त्यका लागि रचनात्मक संवादमा विश्वास राखेर स’हानुभू’तिका साथ वार्ता गर्नुपर्ने अ’परिहा’र्यतालाई औँल्याएका छन ।
सिन्हा र नीति विश्लेषक एवं स्तम्भकार अतुल ठाकुरका नाममा प्रकाशित टि’प्पणीमा सहज र अ’सहज अवस्थामा भारत र नेपाल साथसाथै रहनुपर्छ, कूटनीतिक वार्ता जतिसक्दो चाँडो पुनः प्रारम्भ हुनुपर्छ भनिएको छ । नयाँदिल्ली र काठमाडौँस्थित दुवै देशका राजदूतावासलाई स्वतन्त्रपूर्वक कार्यसम्पादन गर्न दिनुपर्ने तथा २०७२ सालको जस्तो परिस्थिति कुनै पनि हालतमा दोहोरिन नहुने टि’प्पणीमा उल्लेख गरिएको छ ।
“कोभिड–१९ को स’ङ्कटका’ल भनेर भारत वार्ताबाट पन्छिन मिल्दैन, बा’ह्य मामिला मन्त्रालयको पछिल्लो वक्तव्य व्यवहारमा रुपान्तरण हुनुपर्छ, रचनात्मक वार्ताको माध्यमबाट विश्वास र भरोसालाई पुनःस्थापना गर्नैपर्छ”, टि’प्पणीमा भनिएको छ । म’हामा’रीको समय छिमेकसँग श’त्रुतापूर्ण व्यवहार गर्ने बेला नभएको, वर्तमान समयमा दक्षिण एशियामा सुदृढ क्षेत्रीय र उपक्षेत्रीय सहयोगलाई गति दिने नेतृत्व भारतले गर्नुपर्ने सुझाव दीएको छ ।
“भारत र नेपालको सम्बन्ध वर्तमान सरकार र कू’टनीतिभन्दा अधिक महत्वयुक्त छ, सभ्यताकालदेखिको साझा सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धका कारण दुवै राष्ट्रबीचको अन्योन्याश्रित सम्बन्ध सरकारबीचको मात्र होइन, भारतलाई सुरक्षित राख्ने यु’द्धकौशलमा उत्कृष्ट गोर्खा राइफल नेपालीबिना अपूर्ण हुन्छ, त्यसैले पारस्परिक द्व’न्द्वको कुनै स्थान छैन, भारतको स्वतन्त्रता स’ङ्ग्राममा पनि नेपाली जनता ल’डेका थिए”, टि’प्पणीमा उल्लेख गरिएको छ । – एजेन्सी
Recent Comments