logo
Advertisement

‘चिनी कम रंग क’डा’को ‘सुगन्धि चक्षुले’ बोलको लिरिकल गीत सार्वजनिक

२७ जेष्ठ २०७७, मंगलवार मा प्रकाशित


फिल्म ‘चिनी कम रंग क’डा’को लिरिकल गीत सार्वजनिक भएको छ । बिबेक घिमिरे निर्देशित फिल्मको ‘सुगन्धि चक्षुले’ बोलको गीत रिलिज गरिएको हो । मानव सुवेदीको संगीत र स्वर समावेस गीतमा शुशिल सुवेदी र मानव सुवेदीले शब्द लेखेका हुन् ।

फकर शैलीमा निर्माण गरिएको फिल्मको यसअघि सार्वजनिक टिजरले राम्रै रे’स्पोन्स पाएको थियो । फिल्ममा मानव सुबेदी, सुशील सिटौला, अनु थापा, सुर्य थापा, रबिन जंग थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायतका कलाकारहरु मुख्य भुमिकामा छन् ।

गणेशदेव पाण्डेद्धारा निर्मित फिल्ममा याकोपो राचलि’क र लुक मौसेरीको छायांकन, मानव सुबेदीको पार्श्व संगीत र कृष्ण भण्डारीको सम्पादन रहेको छ । कोरोना भा’ईरसले सम्पूर्ण बजार ब’न्द रहेको अवस्थामा फिल्म हलहरु पनि संचालनमा छैनन् ।

सायद त्यही भएर हुनसक्छ, निर्माता पाण्डेद्धारा लिखित फिल्म ‘चिनी कम रंग कडा’ ओटिटि प्लेटफर्म मार्फत रिलिज गर्ने तयारी गरिएको छ । लिरिकल गीत हेर्नुस्

Recent Comments

Top