logo
Advertisement

हिमानी शाहको टिकटक भिडियो : ‘गुराँसको फेदमुनि’ पछि ‘यो मन त मेरो नेपाली हो’

२७ जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

हिमानी शाहको टिकटक भिडियो : ‘गुराँसको फेदमुनि’ पछि ‘यो मन त मेरो नेपाली हो’

सोमवारमात्र एउटा टिकटक भिडियो भा’इरल भएको पूर्व युवराज्ञी हिमानी शाहको छोरीहरुसंग रमाइलो गरेको अर्को टिकटक भिडियो पनि सार्वजनिक भएको छ । पूर्व राजपरिवारका यस्ता ब्यक्तिगत भिडियो र तस्बिर विरलै सार्वजनिक हुने भएकाले अपलोड भएको केही बेरमै भाइरल हुने गरेको छ ।

‘गुराँसको फेदमुनि सम्झनाको छाँया, जहाँ गए किन लाग्छ मलाई तिम्रै माया’ बोलको गीतमा बनाएको टिकटक सोमवार निकै भा’इरल भएको थियो । सो गीतमा हिमानीले दुई छोरी पूर्णिका र कृतिकासँग नृत्य गरेकी छन् ।

कोरोना फै’लन नदिन सरकारले जारी राखेको ल’क’डाउनका बीच हिमानीले आफ्ना छोरीहरुसंग रमाइलो समय बिताइरहेकी छन् । छोरीहरु सामाजिक सञ्जालमा निकै सकृय छन् । उनीहरुले आफ्नी आमालाई पनि प्रवृधिमा रमाउन सिकाइरहेको यो भिडियोवाट देख्न सकिन्छ । घरभित्र नै बस्न बाध्य अधिकांश सर्वसाधारणले सामाजिक सञ्जाललाई मन वहलाउने माध्यम बनाएका छन् ।

त्यसमध्य टिकटक अहिले सबैभन्दा लोकपृय छ । धेरै मानिसहरु टिकटकसँग जोडिएको पाइन्छ । कलालाकार ,ब्यापारी देखि सर्वसाधारण अहिले परिवारका साथमा रमाइलो गरेका तस्बिर भिडियो सामाजिक सञ्जालमा देख्न पाइन्छ । वरिष्ट कलाकार मदन कृष्ण श्रेष्ठ, गौरी मल्ल लगायत धेरैलाई टिकटकमा अभिनय गर्दै गरेको देख्न पाइन्छ । केही कलाकार भिडियो लाइभ च्याटमा आएर आफ्ना शुभचिन्तकसंग कुराकानी गरेका पनि देखिन्छन ।

यसैबीच पूर्वयुवराज्ञी हिमानी शाहलाई पनि उनका दुई छोरीहरुले सामाजिक सञ्जालमा सकृय बनाउन लागेको बुझ्न सकिन्छ । सोमवार अपलोड भएको भिडियो एकै छिनमा भा’इरल भएको थियो । मंगलवार विहानै देखि फेरी अर्को टिकटकको भिडियो सार्वजनिक भएसंगै भा’इरल भएको छ । हिमानीले छोरीद्वय पूर्णिका राज्य लक्ष्मी शाह र कृतिका राज्य लक्ष्मी शाहसँग टिकटककामा गरेकी अभिनय अहिले भा’इरल ब’न्दै गएको पाइन्छ ।

छोरीहरुलाई भेट्न थाइल्यान्ड पुगेकी र लकडाउनका कारण अहिले उतै अड्किएकी हिमानी छोरीका साथमा रमाइलो गरिरहेकी छन् । उनीहरुले टिकटकमा बनाएको भिडियोमा देशभक्ति गीत सुन्न सकिन्छ । उक्त भिडियोमा ‘यो मन त मेरो नेपाली हो’ बोलको गीतमा उनी आफ्नी छोरीसंगै नाच्दै गरेको देख्न सकिन्छ ।

‘यो मन त नेपाली हो’ भन्दै हिमानी शाह (भिडियो)

Posted by Taja Khabar on Monday, 8 June 2020

Recent Comments

Top