logo
Advertisement

फिल्म‘अटिजम’को ‘के भयो तिम्रो मन’ बोलको भिडियो गीत सार्वजनिक

२६ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

फरक विषयवस्तुमा बनेको सन्देशमुलक फिल्म ‘अटिजम’को तेस्रो गीत सार्वजनिक भएको छ । केशव रेग्मी सान्दाइद्धारा निर्देशित फिल्म अटिजमको ‘के भयो तिम्रो मन रो’यो’ बोलको गीत खुल्ला सञ्चारको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । भिडियो गीतमा फिल्मका कलाकार सृष्टि आचार्य र प्रतिक शर्माको अभिनय रहेको छ ।

सुवर्च देवकोटाको आवाज रहेको गीतमा केशव रेग्मी (सान्दाइ) शब्द रहेको छ भने संगीत पनि उनैको छ । दिपक तामाङको कोरियोग्राफी रहेको फिल्मको गीतको छायांकन तिलक गौतमले गरेका हुन् । अटिजम ग्र’स्त सम्मान आचार्यको विषयवस्तुमा तयार भएको फिल्म अटिजम सम्मानकै मुख्य भुमिकामा कथावस्तु रहेको छ ।

फिल्म अटिजममा प्रतिक शर्मा र सृष्टी आचार्यको अलवा सुशिल पोख्रेल, सुस्मा कार्की, बिक्रम श्रेष्ठ सागर, करुना पोख्रेल, डा. राम प्रसाद ज्ञावली, श्रद्धा कोईराला, गंगा पौडेल, पुण्यराज पुडासैनी, सौरब ढकाल, शंकर भारती, बिष्णु बहादुर सिंह, बिजय कट्टेल, अशिम कार्की, मृदुल कोईराला, रबी खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Facebook Comments

Recent Comments

Top
0
Would love your thoughts, please comment.x
()
x