logo
Advertisement

नेपाली अर्बपति विनोद चौधरीले साउदी राजकुमारको २ होटेल ३ अर्ब २० करोडमा खरिद गरे

२४ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

‘नेपाली अर्बपति विनोद चौधरीले साउदी राजकुमारको २ होटेल ३ अर्ब २० करोडमा खरिद गरे’

नेपालका अर्बपति व्यवसायी विनोद चौधरीलले केन्याको नैरोबीमा साउदी अरेबियाका राजकुमारको लगानी रहेको लक्जरी होटल किनेका छन् । नैरोबीमा रहेको ‘फेयरमण्ट द नरफल्क’ र ‘फेयरमण्ट द मारा सफारी क्लब’को स्वामित्व चौधरी ग्रुपले खरिद गरेको हो । साउदी अरेबियाका राजकुमार अल वालिड विन तलालले उक्त होटेलको स्वामित्व चौधरी ग्रुपलाई विक्री गरेका छन् ।

कोरोना म’हामा’री शुरु हुनु अगाडि नै उक्त होटेल खरिद बिक्रीको डिल सम्पन्‍न भएको साउदी अरेबियाका मिडियाहरूले उल्लेख गरेका छन् । साउदी राजकुमारले २.८ अर्ब केन्‍नियन सिलिङ (करीब ३ अर्ब २० करोड रुपैयाँ)मा होटेलको स्वामित्व विक्री गरेका छन् । साउदीका यी राजकुमार अहिले आर्थिक हिसाबले निकै स’मस्यामा परेका छन् ।

केही महीनाअघि उनलाई भ्र’ष्‍टाचा’र अ’भियो’गमा प’क्राउ गरिएको थियो । साउदी राजकुमारको लगानीमा केन्यामा रहेका सबै व्यवसायबाट उनले हात झि’केका छन् । अल वालिड विन तलालले केन्यामा रहेका सबै होटेल व्यवसाय विक्री गरिसकेका छन् ।

अब अन्यत्रको व्यवसायमा लगानीको योजना उनले बनाइरहेको साउदी अरबका मिडियाहरूले उल्लेख गरेका छन् । उक्त होटेलको स्वामित्व खरिद गरेपछि चौधरी ग्रुपले होटेल रिनोभेटको काम शुरू गरेको छ । एक वर्ष लगाएर होटेल रिनोभेट गर्न लागिएको छ ।

एक साताअघि ‘फेयरमण्ट द नरफल्क’ र ‘फेयरमण्ट द मारा सफारी क्लब’का सबै कर्मचारीहरूलाई कोभिड-१९ ले पारेको असरलाई कारण देखाएर ह’टाइएको छ ।

फेयरमण्ट होटेलका राष्‍ट्रिय महाप्रबन्धक मेहधी मोरदले कोरोना म’हामा’री कहिलेसम्म जाने र कति अ’सर पर्ने भन्‍ने यकिन नभएकाले कर्मचारी क’टौती गर्नुपरेको आन्तरिक मेमोमा उल्लेख गरेका छन् । चौधरीले एसिया र मध्यपूर्वी देशहरूमा लगानी वि’स्तार गरिरहेका छन् । एजेन्सी ।

Recent Comments

Top