ल’क’डाउनमा नेपाली युवाहरू मुम्बईबाट साइकल चलाएर ८ दिनमा नेपाल आइपुगे….
कैलालीका ८ जना युवा भारतको मुम्बईबाट साईकलमा यात्रा गर्दै धनगढी आई पुगेका छन् । ८ दिन लगाएर उनीहरु साईकल यात्रा गर्दै धनगढी आई पुगेका हुन् । रोजगारीका लागि भारत पसे लगत्तै लकडाउन सुरु भएपछि उनीहरु विभिन्न दुःखहरु भो’ग्दै घर फर्किएका हुन् ।
उनीहरु मध्ये ६ जना वडा नम्बर १४ का र एक एक जना वडा नम्बर १५ र १८ का रहेका छन् । भारतको म’हाराष्ट पुगेको केही दिनपछि नै ल’क’डाउन सुरु भएपछि रोजगारी विहीन हुँदा साईकल किन्नका लागि साथीभाईसँग सरसापटी मा’गेर घर फर्किएको एक जना युवा उपेन्द्र चौधरीले बताए ।
खान वस्नके स’मस्या भएपछि त्यहाँको सरकारले कुनै व्यवस्था नगरेपछि आफुहरु फर्किएको उनीहरुको भनाई छ । रोजगारीका लागि उनीहरु भारत पसेको १७ दिनमै ल’क’डाउन सुरु भएपछि उनीहरु वे’रोजगार भएका थिए ।
केही दिन भएको पैसा र केही दिन अरुसँग मागेर खाएका उनीहरु त्यसपछि खानका लागि स’मस्या भएपछि साईकलमै उनीहरु घर पुगेका हुन् । वाटोमा जसले जे दियो त्यही खा’दै आएको अर्का युवा सागर चौधरीले बताए ।
उनीहरुले साईकलसँगै पम्प पनि सँगै वोकेर वाटोमा हा’वा भर्दै अआएका छन् । उनीहरुलाई अहिले वडा नम्बर १४ मा रहेको सर्वोदय माविको क्वारेन्टाईनमा राखिएको वडा नम्बर १४ का अध्यक्ष राम बजारी चौधरीले जानकारी दिए ।
Recent Comments