logo
Advertisement

बलिउडका खिलाडी अक्षय कुमारले आफ्नो बहिनीलाई कोरोना भा’इर’सबाट जो’गाउन य’तिसम्म गरे….

२४ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

बलिउडका खिलाडी अक्षय कुमारले आफ्नो बहिनीलाई कोरोना भा’इर’सबाट जो’गाउन य’तिसम्म गरे….

कोरोना भाइरसको संक्रमणका कारण संसारका विभिन्न देश झैं भारत पनि लकडाउनको स्थितीमा छ जसका कारण धेरै मानिसहरु आफ्नो घरभन्दा टाढा फसेका पनि छन् । यस्तो कठिन समयमा जोकोही पनि आफ्नो घर र परिवार भएठाउँ पुग्न चाहन्छन् । यसका लागि थुप्रै फिल्मी कलाकार मद्दतमा उत्रिएका छन् ।

यस्तै, थुप्रैलाई मद्दत गरिसकेका बलिउड नायक अक्षय कुमारले पनि आफ्नो बहिनी अल्का भाटिया र उनका बच्चालाई मुम्बईबाट दिल्ली पठाउा पूरा फ्लाइट बुक गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । सोसल मिडियामा उनको यो कदमको निकै चर्चा भइरहेको छ ।

कोरोनाभाइरसको क्रममा अक्षय कुमार कुनै चुनौती मोल्न चाहँदैनथे तसर्थ उनले पूरा फ्लाइट नै बुक गरिदिए । मुम्बईबाट दिल्लीका लागि बुक गरिएको उक्त विमानमा चारजना मात्रै सवार भएको भारतीय सञ्चार माध्यम नवभारत टाइम्सले बताएको छ । यसमा अल्का भाटियो, उनका दुई सन्तान र उनकी सहयोगी समावेश छन् । – एजेन्सी

Recent Comments

Top