तपाईलाई थाहा छ, बलिउडमा सफल रहेका अभिनेत्रीहरुले आफ्नो सक्कली नाम नभनेर न’क्कली नामको प्रयोग गर्छन्’
बलिउड फिल्म विश्वमा हेरिन्छ । यही कारण हो कि बलिउडमा जति पनि अभिनेत्री वा अभिनेता भित्रिने गरेका छन् । ति सबै संसारभर चिनिन सफल छन् । सायद धेरैलाई थाहा नहुन पनि सक्छ । बलिउडका जति पनि अभिनेत्री छन् ।
ती सबै सक्कली नामबाट भन्दा पनि न’क्कली नामबाट चिनिन सफल छन् । ती अभिनेत्री र उनको सक्कली नाम यस्ता छन् ।
मधुबाला : पचास र साठीको दशककी बलिउडकी दिग्गज अभिनेत्रि मधुबालाको असली नाम मुमताज बेगम थियो । जसलाई मुमताजले बलिवुडमा कदम राख्नासाथ नाम बदलेर मधुबाला बनाइन् ।
मान्यता दत्त : बलिउड अभिनेता संजय दत्तकी श्रीमती मान्यता दत्तको पनि असली नाम दिलनवाज शेख हो । मान्यताले फिल्ममा काम गर्नका लागी नाम बदलेकी थिइन् । मान्यता संजयकी तेश्रो पत्नी हुन् ।
तब्बु : बलिउडकी अभिनेत्री तब्बुका लागि अहिले अर्काे परिचय आवश्यकता छैन । उनले अभिनय मार्फत बलिउडमा आफ्नो छुट्टै परिचय बनाउन सफल भएकी छिन् । तर धेरैलाई थाहा नहुन पनि सक्छ । उनको असली नाम तबस्सुम हासिम खान हो । उनले बलिउड अभिनय सुरु गर्नु भन्दा पहिले नै तब्बु नाम राखेकी थिइन् ।
प्रीति जिन्टा : अभिनेत्री प्रीतिलाई बलिउडमा डिम्पल गर्लको रुपमा पनि चिन्ने गरिन्छ । उनी पछिल्लो समय फिल्मी दुनियाँ भन्दा बाँहिर रहेकी छिन् । उनी अहिले आफ्नो बिबाहित जीवनको मज्जा लिइरहेको बताइएको छ । प्रितीको असली नाम प्रीतम सिंह जिन्टा हो । चलचित्र अभिनयमा आएपछि उनले नाम परिवर्तन गरेकी हुन् ।
शिल्पा शेट्टी : अभिनेत्री शिल्पा अक्सर आफ्नो हेल्दी जीवनका कारणले चर्चामा रहने गरेकी छन् । शिल्पाको असली नाम अश्विनी शेट्टी हो । चलचित्र अभिनयसँगै उनले नाम परिवर्तन गरेकी हुन् ।
सन्नी लियोनी : बलिउडमा सन्नी लियोनीको नाम पछिल्लो समय चर्चामा छ । छोटो समयमै उनले बलिउडमा राम्रो उचाही बनाएकी छन् । उनको बालपन क्यानडामा बितेको थियो । उनको असली नाम करनजीत बोहोरा हो ।
क्याट्रीना कैफ : क्याट्रीनाको नाम बलिउडमा टप अभिनेत्रीको सुचिमा अटाउने गरेको छ । क्याट्रीनाको असली नाम केट तुर्काेटे हो । चलचित्र अभिनयका लागि उनले नाम परिवर्तन गरेकी हुन् । – एजेन्सी
Recent Comments