logo
Advertisement

मौसमविद भन्छन् ‘आज दिनभर भारी बर्षा हुनेछ, भोलिको मौसम के होला ?’

२४ जेष्ठ २०७७, शनिबार मा प्रकाशित

मौसमविद भन्छन् ‘आज दिनभर भारी बर्षा हुनेछ, भोलिको मौसम के होला ?’

काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा आज पानी पर्ने मौसमविदले बताएका छन् । भोलिबाट भने मौसममा क्रमिक सुधार हुँदै जाने छ ।अरेबियन सागरमा विकसित निसर्ग चक्रवातको अप्रत्यक्ष असर र स्थानीय वायुको प्रभावले शुक्रबारदेखि नै झ’री परिरहेको छ । अहिले प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सूदुरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र देशका अन्य धेरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

हिँजो सुदूरपश्चिम र कर्णाली क्षेत्रमा बढी पानी परेको थियो । आज ती क्षेत्रका पहाडी भागमा बदली छ भने तराईका केही भूभागमा पानी परिरहेको छ । हिजो कैलालीको धनगढीमा ६८ मिलिमिटर पानी परेको रेकर्ड गरिएको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि लगातार झरी परिरहेको छ ।

मौसमविद मिन कुमार अर्यालले काज काठमाडौं उपत्यकाको आकास नखुल्ने बताए । ‘काठमाडौं उपत्यकामा दिउँसो पानी पर्न केहीबेर रोकिए पनि आकास भने खुल्दैन, राति फेरि पानी पर्छ,’ उनले भने । अरेबियन सागरमा चार दिन अगाडि निसर्ग चक्रवात विकसित भएको थियो । त्यसको अप्रत्यक्ष असर नेपालमा परेको ।

त्यो अहिले कमजोर भइसके पनि निम्न चापिय प्रणालीको असर बाँकी नै छ । निम्न चापिय प्रणाली अहिले पूर्वतिर सर्दै गएको छ । त्यसैले मौसमविद वरुण पौडेलका अनुसार प्रदेश २ र १ मा बेलुकासम्म पनि लगातार झरी पर्ने छ ।

Recent Comments

Top