logo
Advertisement

भारतीय चर्चित कलाकार : जसको सम्बन्ध नेपाल र नेपालीहरुसंग जो’डिएको छ

२३ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

भारतीय चर्चित कलाकार : जसको सम्बन्ध नेपाल र नेपालीहरुसंग जो’डिएको छ

नेपाल र भारतको सम्बन्ध रोटिबेटीको छ भन्ने गरिन्छ केहि नेपालिहरु भारतीय संग बिहे गरेर उतै बसेका छन् । केहि भारतीयहरु नेपाल बिहे गरेर आएका छन त्यस्तै आज हामि भारतीय कलाकारहरु जसको नेपाल संग नाता रहेको बारेमा चर्चा गर्ने छौ । केहि भारतीय बलियुड कलाकारहरु जसको नेपालसंग पारस्परिक सम्बन्ध रहेको छ ।

ति कलाकारहरु हुन् गोबिन्दा अहुजा, माला सिन्हा, भारती सिंह, श्रृति झा, अहमद खान आउनुहोस चर्चा गरौ कसरि साइनो रह्यो यी कलाकारहरु संग ।
नेपालीहरुको बलिउडप्रतिको सम्बन्ध माला सिन्हा बलिउडमा कुनै समयकी चर्चित रहेकी नायिका माला सिन्हा नेपाली हुन ।

उनको बुबा नेपाली क्रिश्चियन हुन् । माईती घर नामक फिल्ममा काम गरेर बलिउडमा नै आफनो करियर बनाएकी माला सिन्हाले नेपालकी छोरी बनेर बलिउडमा नाम र दाम दुबै कमाईन् ।

गोबिन्दा अहुजा – बलिउडका चर्चित नायक गोबिन्दाले नेपाली मुलकी चेलीसँग विवाह गरेका छन् । उनी नेपालका ज्वाई हुन् । उनी हरेक कार्यक्रममा पुग्दा कोही नेपालीसँग भेटे नेपाल आफनो ससुराली घर भएको बताउँछन् । यीनी नेपालकाे ज्वाइकाे नामले प्रख्यात छन् ।

भारती सिंह – भारतको चर्चित कमेडीयन भारती सिंहमा पनि नेपालीकै रगत बगेको छ । उनको आमा पञ्जाबी थिईन भने बुबा नेपाली । थोरै नेपाली समेत बोल्न सक्ने भारती आफनो नेपालसँग गहिरो सम्बन्ध भएको बताउँछिन् । बलिउडमा धमाल मच्चाउने भारतीकाे पनि नेपालसँग नाता रहेकाे छ ।

अहमद खान – बलिउडका चर्चित कोरियोग्राफर अहमद खानको पनि नेपालसंग साईनो रहेको छ । उनको बुबा भारतीय मुसलमान हुन् भने आमा नेपाली हुन् । उनले धेरै पटक भारतीय च्यानल जि टिभीको कार्यक्रम डान्स इण्डिया डान्समार्फत आफनो आमा नेपाली भएको धेरै पटक बताईसकेका छन् । उनको बुबा भारतीय मुसलमान हुन् भने आमा नेपाली हुन् ।

श्रृति झा – टेलिभिजनकी चर्चित अनुहार श्रृति झालाई धेरैले नेपाली हो भनेर भन्ने गरेका छन् । वास्तवमा उनी नेपाली भने होईनन् । तर, उनी आफनो परिवारको साथमा लामो समय काठमाडौँ बसेकी थिईन् ।

बिहारमा जन्मिएकी श्रृतिले काठमाडौँमा मोर्डन इण्डियन स्कुलमा आफनो अध्ययन पुरा गरेकी हुन् । आफनो बाल्यकालनै नेपालमा बिताएको कारण उनी राम्रोसँग नेपाली बोल्न सक्छिन् । उनले जि टिभीको सिरियल कुमकुम भाग्य बाट बिषेश चर्चा कमाएकी हुन् । एजेन्सी ।

Recent Comments

Top