logo
Advertisement

साँझ ७ बजे पसेका गोकुल बाँस्कोटा भारतिय राजदूत विनयमोहन क्वात्रालाई भेटेर ८ बजेपछि नि’स्किए…

२३ जेष्ठ २०७७, शुक्रबार मा प्रकाशित

साँझ ७ बजे पसेका गोकुल बाँस्कोटा भारतिय राजदूत विनयमोहन क्वात्रालाई भेटेर ८ बजेपछि नि’स्किए…

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेट गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘विषेश दूत’ बनेर गत आइतबार साँझ बाँस्कोटा भारतीय राजदूत क्वात्रासँग गर्न लैनचौरस्थित दूतावासमा पुगेका हुन् । बाँस्कोटा भारतीय राजदूतसँग भेट गर्न लैनचौरस्थित दूतावासमा गएको स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार आइतबार साँझ ७ बजेर १० मिनेटमा दूतावासभित्र प्रवेश गरेका बाँस्कोटा साँढे आठ बजेतिर मात्रै त्यहाँबाट बाहिरिएका थिए ।

बाँस्कोटा र भातीय राजदूतबीच राजदूतको निवास ‘इन्डिया हाउस’मा छलफल भएको थियो । सुरुमा भारतीय दूतावासका केही कर्मचारीसहित सामूहिक छलफलपछि बाँस्कोटा र राजदूत क्वात्राबीच मात्रै एक घण्टा एक्लाएक्लै छलफल भएको थियो । भेटमा के विषयमा छलफल भयो भन्ने विषयमा भने दुवै पक्षले केही खुलाएका छैनन् । सुरुमा बाँस्कोटाले दूतावास बाहिर कुनै ठाउँमा भेट्न भारतीय राजदूतलाई आग्रह गरेका थिए ।

तर, भारतीय राजदूतले दूतावास बाहिर नभेट्ने बताएपछि बाँस्कोटा आफैँ दूतावास पुगेका थिए । क्वात्रासँग भेटको बाँस्कोटा आफैँले स्वीकार गरेका छन् । ‘मिति याद भएन, सीमा विवादका विषयमा भारतसँग वार्ता गर्ने हाम्रो नीति नै हो । त्यसैले भेट गर्ने र छलफल गर्ने विषयलाई अस्वभाविक रुपमा लिनु हुँदैन,’ बाँस्कोटाले भने, ‘भेटेको विषयलाई अस्वभाविक लिने हो भने वार्ता हुँदैन, त्यसो हुँदा बन्दुक ते’र्साउनु पर्छ त्यो क्षमता हामीसँग छैन ।’

बाँस्कोटासँग भेट्नुअघि भारतीय राजदूत क्वात्राले एक जना प्रमुख दलका नेतासँग बाँस्कोटाबारे जानकारी लिएका थिए । ‘गोकुल बाँस्कोटा प्रधानमन्त्री ओलीको दूतको रुपमा भेट्न आउँछु भनेका छन्, उनको र ओलीको सम्बन्ध के हो भनेर मलाई सोधिएको थियो,’ ती नेताले भने, ‘मसँग कुरा भएको दोस्रो दिन उहाँहरुको भेट भएको रहेछ ।’

पछिल्लो समय नेपाल र भारबीचको सम्बन्ध चि’सिएको छ । स्रोतका अनुसार भारतसँग बिग्रिएको पछिल्लो सम्बन्धलाई सुधार गर्न प्रधानमन्त्री ओलीले आफ्ना दूत ख’टाएका छन् । ओलीले भारतीय जनता पार्टीको भ्रातृ संगठनको रुपमा रहेको राष्ट्रिय स्वयमसेवक संघमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफलको वातावरण बनाउन पनि पहल गरिरहेका छन् ।

स्रोतका अनुसार ओलीले भारतीय विदेश मामला जासुसी निकाय रअ (रिसर्च एण्ड एनालाईसिस विङ)का प्रमुख समान्त गोयलसँग पनि सम्पर्कको थालनी गरेका छन् । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन कुराकानी गर्ने तयारी अघिल्लो साता भारतीय पक्षले अस्वीकार गरेपछि ओलीले मोदीको सम्पर्क सुत्रहरु खोज्दै दूतमार्फत सम्बन्ध सुधार गर्ने प्रयास थालेका हुन् । – नेपालपाना

Recent Comments

Top