logo
Advertisement

निर्देशक दयाराम दाहाल विकास बोर्डको अध्यक्षमा नियुक्त

२२ जेष्ठ २०७७, बिहीबार मा प्रकाशित

फिल्म क्षेत्रको सर्वोच संस्था फिल्म विकास बोर्डमा फिल्म निर्देशन दयाराम दाहाल नियुक्त भएका छन् । बोर्डको सदस्य पदमा रहेर समेत उल्लेख्य काम गरेका दाहाल बोर्ड कार्यकारी नेतृत्वमा पुगेका हुन् । तत्का’लिन बोर्ड अध्यक्ष केशब भट्टराईको नि’धन भएपछि विगत ६ महिना देखि नेतृत्व बि’हिन बन्न पुगेको थियो ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले दाहाललाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने नि’र्णय गरेको हो । दाहालले अब २ बर्ष विकास बोर्डको नेतृत्व गर्नेछन् । विकास बोर्डको अध्यक्ष पदका लागि १० जनाको आवेदन परेको थियो । जसमा, अन्तिम ३ जनाको नाम मन्त्रीपरिषद्मा सिफारिश गरिएको थियो । जसमा, नायक भूवन केसी र संकृतीविद राजेश थापा थिए ।

३ दर्जन जति फिल्म निर्देशन गरेका सफल निर्देशक हुन् दयाराम दाहाल । दाहालद्धारा निर्देशन गरेको पछिल्लो फिल्म ‘रानी’ हो । उनले ‘दौतरी, ठूल्दाई, चाँदनी, जंगे, ढुकढुकी, तँ त साह्रै विग्रिस नि बद्री, भरिया, दाइजो, जेठ कान्छो, अग्नी ज्वाला, भाग्य विधाता, दोबाटो, कर्मयोद्धा, अरबपति, दशगजा, फर्केर हेर्दा, कहाँ छौ कहाँ, म तिमी बिना मरिहाल्छु, नेपाल’ लगायतका फिल्म निर्देशन गरेका छन् ।

फिल्म क्षेत्रमा प्राविधिक भएर भित्रिएका दाहाल कलाकार, लेखक, संगीतकार तथा निर्माता समेत हुन् । र, यो कोरोनाको बिषम परिस्थीतिमा समग्र फिल्म क्षेत्रको विकासमा काम गर्नु पर्ने चुनौती दाहालमाझ आएको छ । बक्स अफिस लगायतका फिल्म क्षेत्रका नियमित काम पनि दाहालको कांधमा आईपुगेको छ ।

Recent Comments

Top